मेगा बैंकले बीमा बापत ७ लाख रुपैयाँ दुर्घटनामा दिवंगत सेनाको परिवारलाई हस्तारन्तरण
वि.सं.२०७७ साउन २३ शुक्रवार १८:३९
1.7K
shares
काठमाडौं: मेगा बैंक नेपालले बीमा बापत सात लाख रुपैयाँ मोटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाको सिपाही शिवराज रानाका परिवारलाई हस्तारन्तरण गरेको छ ।
मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत सैनिक जवान रानालाई मेगा बैंकले सोही खाताको बिमा बापत सात लाख रुपैयाँ हस्तारन्तरण गरेको हो ।
गुल्मीको तम्घासस्थित नेपाली सेनाको वीरभद्र जंग गुल्ममा कार्यरत सैनिक जवान रानाको धनगढी उपमहानगरपालिका वडा नम्बर ११ स्थित घरमा बिदामा गएका बेला २०७६ साल फागुन १ गते धनगढीमा मोटरसाइकल दुर्घटना भई निधन भएको थियो ।
मेगा बैंक तम्घास शाखाका प्रबन्धक तेजेन्द्र कार्कीले वीरभद्र जंग गुल्मका गुल्मपति मेजर भूपेन्द्र गुरुङमार्फत सैनिक जवान रानाका बाबु टिकाराम रानालाई बिमा बापतको रकम हस्तान्तरण गरेका हुन् ।
न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैयाँको दुर्घटना बीमा गरिदिएको मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले बताए ।
सीईओ खुञ्जेलीका अनुसार, ग्राहक र उनीहरुका परिवारलाई भरपरी आउने यस्ता घटनामा सुरक्षा मिलोस् भनेर बैंकले ग्राहकहरुलाई यो योजना ल्याएको हो ।
वि.सं.२०७७ साउन २३ शुक्रवार १८:३९



















