नेपालमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ६६ पुग्यो
वि.सं.२०७७ साउन २३ शुक्रवार १०:२१
1.9K
shares
काठमाडौं: नेपालमा कोरोना भाइरस महामारीका कारण मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका सिरहा गोलबजारका २३ वर्षीय युवकको आज बिहान ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । ती युवकको जनकपुरमा डायलाइसिस गर्ने क्रममा कोरोना पोजेटिभ आएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो ।
नेपालमा अहिलेसम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण गरिएकोमा २१ हजार ७ सय ५० जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमध्ये १५ हजार ३ सय ८९ जना उपचारपछि निको भएका छन् । ६ हजार २ सय ९६ जना आइसोलेशनमा तथा ९ हजार ४ सय ७० जना क्वरेण्टीनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ साउन २३ शुक्रवार १०:२१



















