काठमाडौंको चुच्चेपाटीमा ‘तारपिन’को तेल प्रहार
वि.सं.२०७७ साउन २२ बिहीवार २३:१२
1.4K
shares
काठमाडौं: काठमाडौंको चुच्चेपाटीमा घरायासी विवाद हुँदा आमाछोरीमाथि तारपिनको तेल प्रहार भएको छ ।
हेटौंडा घर भई चुच्चेपाटी डेरा गरी बस्ने राजन बिष्टले श्रीमती र छोरीमाथि तारपिन तेल प्रहार गरेको र उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले बताए ।
तारपिनको तेल प्रहारबाट आमाछोरी घाइते भएका छन् । एसएसपी ज्ञवालीले श्रीमती र छोरीलाई तारपिन तेल प्रहार गरेको देखिएको र थप अनुसन्धान भइरहेको बताए । केमिकलको कारण श्रीमतीको आँखामा चोट लागेकोले उपचारका लागि तिलगङ्गा आँखा अस्पताल लगिएको बताईएको छ ।
वि.सं.२०७७ साउन २२ बिहीवार २३:१२



















