Texas College
YouTube Link

कोरोना भाइरसको जोखिम बढेपछि देशभरका विभिन्न १८ जिल्लामा स्थानीय प्रशासनले लगायो सूचना जारी गरि निषेधाज्ञा

Facebook Link

काठमाडौं: कोरोना भाइरस महामारीको जोखिम बढेपछि देशभरका विभिन्न १८ जिल्लामा स्थानीय प्रशासनले सूचना जारी गरि निषेधाज्ञा गरेको छ ।

बुधबारसम्म देशका विभिन्न १४ जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । बिहीबार गृहमन्त्रालयले थप तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

गृहमन्त्रालयका अनुसार बिहीबार सिराहको मिर्चैयामा २२ गतेदेखि ३२ सम्म निषेधाज्ञा जारी गरिएको छ । यस्तै बर्दियामा जिल्लाभर लागू हुने गरी २५ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । यस्तै जुम्लाको कनका सुन्दरी गाउँपालिकामा २२ गतेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।

बुधबारसम्म सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, बझाङ, दार्चुला, सर्लाही र स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो। सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।

पर्सा, बारा र सर्लाहीमा अनिश्चितकालीन निषेधाज्ञा छ भने सप्तरीमा साउन २६, बाँकेमा साउन २४ र स्याङ्जामा साउन २३ गतेसम्म निषेधाज्ञा लागु हुनेछ । महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिका क्षेत्र, धनुषाको जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिका, नुवाकोटको सदरमुकाम क्षेत्र, बझाङको थलारा गाउँपालिका–५ र केदारस्यू गाउँपालिका ६ र ७ मा निषेधाज्ञा लगाइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...