वर्ल्ड कोचेज एकेडेमीको सहयोगमा अनलाईन स्विमिङ् लेभल १ कोर्ष सम्पन्न
वि.सं.२०७७ साउन १८ आइतवार २३:३०
2K
shares
काठमाडौं: नेपाल ट्राईयाथलन संघको आयोजना तथा वर्ल्ड कोचेज एकेडेमीको सहयोगमा अनलाईन स्विमिङ् लेभल १ कोचिङ्ग कोर्ष सम्पन्न भएको छ ।
ट्राईयाथलन र पौडीसँग सम्वन्धित २५ प्रशिक्षकहरुले सहभागिता जनाएका थिए । प्रशिक्षार्थीहरुलाई सिंगापुरका प्रशिक्षक युजित लिले अनलाईन मार्फत प्रशिक्षण दिएका थिए ।
कोभिड-१९ का कारण खेल गतिविधि ठप्प भईरहेको बेला प्रशिक्षकहरुलाई पौडी सम्वन्धि ज्ञान प्रदान गर्दै प्रशिक्षकको स्तर बृद्धि गर्न संघले निकै नै महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रशिक्षणमा सहभागि प्रशिक्षकहरुले बताए ।
प्रशिक्षक लिले पौडी प्रशिक्षण सम्वन्धि उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेल सम्वन्धि बिशेष ज्ञान प्रदान गरेका थिए ।
प्रशिक्षकहरुले प्राप्त गरेका यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा ठुलो सहयोग पुग्नुका साथै भईरहेका खेलाडीहरुको स्तर बृद्धि गर्न समेत ठुलो सहयोग पुग्ने संघको बिश्वास रहेको छ ।
प्रशिक्षणको अन्तिम दिन समापनमा यस कार्यक्रमलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रशिक्ष युजिन लि र प्रशिक्षार्थी प्रशिक्षकहरुलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रम संचालन गर्न बिशेष भूमिका निर्वाह गर्ने संघका महासचिव युवराज सुनुवारलाई बिशेष धन्यवाद व्यक्त गरे । वर्ल्ड कोचेज एकेडेमीले चीन, हङ्कङ्, मलेसिया, ईन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक कोर्ष संचालन गरिसकेको छ ।
वि.सं.२०७७ साउन १८ आइतवार २३:३०




















