सरकारले दियो भदौ १ गतेबाट अन्तर्राष्ट्रिय खेलको प्रशिक्षण र प्रारम्भिक खेलहरु सञ्चालन गर्न अनुमति
वि.सं.२०७७ साउन ७ बुधवार ०८:५६
1.4K
shares
काठमाडौं: सरकारले भदौ १ गतेबाट अन्तर्राष्ट्रिय खेलको प्रशिक्षण र प्रारम्भिक खेलहरु सञ्चालन गर्न अनुमति दिएको छ ।
मंगलबारबाट १२० दिन लामो लकडाउन अन्त्य भएको घोषणा गर्दै राष्ट्रिय टिम लगायत महत्वपूर्ण खेलको प्रशिक्षण आगामी भदौं १ गतेबाट संचालन गर्न सकिनेगरी निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय खेलको प्रशिक्षण र खेल सञ्चालन गर्न अनुमति दिए पनि सरकारले स्विमिङ पुल, जिमखाना, हेल्थक्लब, समुहिक खेलमा भने प्रतिवन्ध कायमै राखेको छ । कोरोना महामारीका कारण गत चैत ११ गतेदेखि लकडाउन जारी भएसँगै नेपालमा खेलकुद गतिविधि ठप्प थियो ।
सरकारको पछिल्लो निर्णय अनुसार ओलम्पिक तयारी, राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण लगायतका गतिविधि भने सञ्चालनमा आउने पक्का भएको छ ।
वि.सं.२०७७ साउन ७ बुधवार ०८:५६



















