त्रि. वि. शिक्षण अस्पताललाई १ सय थान पिपिई सहयोग: सोनम गियर्स
वि.सं.२०७७ साउन ५ सोमवार १४:०५
1.2K
shares
काठमाडौं: सोनम गियर्सले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित मनमोहन कार्डिओथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरलाई १ सय थान व्यक्तिगत सुरक्षाकवच (पिपिई) सहयोग गरेको छ ।
नेपालको रिटेल तथा म्यानुफ्याक्चरिङ ब्रान्ड सोनम गियर्सले आफ्नै कारखानामा उत्पादित पिपिई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित मनमोहन कार्डिओथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरलाई सहयोग गरेको हो ।
सोनम गियर्स कम्पनीका संस्थापक तथा सिइओ टासी चोम्बे नेपालीले मनमोहन कार्डिओथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक प्रा.डा उत्तमकृष्ण श्रेष्ठलाई व्यक्तिगत सुरक्षाकवच (पिपिई) हस्तान्तरण गर्नु भएको छ ।
नेपाली ब्रान्ड भएको नाताले कोभिड १९ को महामारीबीच आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त संस्थाका स्वास्थ्यकर्मीलाई सहयोग गर्नु आफ्नो कर्तव्य रहेको सिइओ टासीले बताए ।
वि.सं.२०७७ साउन ५ सोमवार १४:०५




















