प्रिमियर लिगमा लिभरपुरमाथि आर्सनलको जित
वि.सं.२०७७ साउन १ बिहीवार ०९:२१
1.5K
shares
एजेन्सीः प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ ।
घरेलु मैदानमा आर्सनलले यस सिजनको च्याम्पियन लिभरपुललाई २–१ ले हराएको हो । साडियो मानेले २०औं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । तर पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले खेलमा फर्किएको थियो । लिभरपुलको कमजोरीको फाईदा उठाउँदै आर्सनल खेलमा फर्किएको हो ।
दोस्रो हाफमा लिभरपुलले आक्रमणलाई गति दिएपनि आर्सनलले राम्रो डिफेन्सको नमुना प्रर्दशन गरेको थियो । शीर्ष स्थानको लिभरपुलको ९३ अंक छ । लिभरपुलले म्यान्चेष्ट सिटीले कायम राखेको सय अंकको कीर्तिमान पुरा गर्ने लक्ष्य राखेको थियो ।
वि.सं.२०७७ साउन १ बिहीवार ०९:२१




















