यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने
वि.सं.२०७७ असार २१ आइतवार १७:५०
1.1K
shares
काठमाडौँ: आइतबार बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले कक्षा ११ को परीक्षा नगर्ने निर्णय गरेको छ । कक्षा १० को जस्तै कक्षा ११ को पनि विद्यालयको आन्तरिक मूल्यांकनलाई आधार बनाएर प्रमाणपत्र उपलब्ध गराउने निर्णय परिषद्ले गरेको छ ।
कोरोना संक्रमणका कारण बोर्डले लिने परीक्षा यस पटकलाई रद्द गरि विद्यार्थीको आन्तरिक मूल्याङ्कन कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।
वि.सं.२०७७ असार २१ आइतवार १७:५०




















