Texas College
YouTube Link

बालबालिकामा झाडापखाला न्यूनिकरणका लागि पहिलोपटक ‘रोटारिक्स’ खोप

Facebook Link

काठमाडौ: नेपाल सरकारले झाडापखाला न्यूनिकरणका लागि पहिलोपटक खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले पाँच वर्षमुनिका बच्चालाई झाडापखालाविरद्ध खोप ‘रोटारिक्स’ दिने भएको हो ।

महाशाखाका बालस्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमका अनुसार ‘रोटारिक्स’ यही असारभित्र शुरु गर्नका लागि सात वटै प्रदेशका सबै जिल्लामा पठाइसकेको र उक्त खोप १६ हजार खोप केन्द्रबाट स्वास्थ्य स्वयंसेविकाद्वारा बालबालिकालाई खुवाइने बताए । उनका अनुसार वर्षेनि ३ लाख ५० हजारदेखि ४ लाख बालबालिकालाई झाडापखाला लाग्ने र तीमध्ये ९ प्रतिशत बालबालिकाको मृत्यु हुने गरेकाले त्यसको न्यूनिकरणका लागि उक्त खोप दिन थालिएको बताए ।

बालबालिकामा ४० प्रतिशत रोटा भाइरसका कारणले र ६० प्रतिशत अन्य भाइरस, परजीवी, जीवाणुजस्ता कारणले वर्षको दुईदेखि तीन पटक पखला लाग्ने गरेकोले बच्चाको शरीरमा भएको पानी सकिने (जलवियोजन) कारणले गर्दा बच्चाको मृत्यु हुने गर्दछ । त्यसैले पखाला रोक्नका लागि खोप दिन थालेको र अब नयाँ जन्मने बच्चा र छ महिना पुगेका बालबालिकालाई उक्त खोप पहिलो पटक छ हप्तामा र दोस्रो पटक १० हप्तामा खुवाइने खोपको मात्रा १.५ मिलिलिटर हुने शाखाका प्रमुख डा गौतमले जानकारी दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:२८

काठमाडौं: सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भएको...

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:०८

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश...

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...