YouTube Link

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्य कमान्डर सुदर्शनसहित ८ पक्राउ

Facebook Link

काठमाडौं: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्य कमान्डर हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेका छन् ।

प्रदेश ३ प्रहरी, महानगरीय अपराध महाशाखा, विशेष ब्युरो र जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले ओलीलाई नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतका अनुसार उनीसहित विप्लव नेकपाका ८ नेता कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उच्च प्रहरी स्रोतका अनुसार सुदर्शनसहितको टोली काठमाडौं आइरहेका बेला अपरेसनमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनीहरू निजी गाडीमा काठमाडौं आइरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो । सुदर्शनसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेका हुन् । प्रहरीले उनीहरूलाई काठमाडौं ल्याउने तयारी गरिररहेको छ ।

विप्लव नेकपाका तीनवटा कमान्डमध्ये उपत्यका हेर्ने मध्य कमान्डका प्रमुख हुन् सुदर्शन । उनले गत फागुन १० गते ललितपुरको नख्खुमा एनसेल मुख्यालय बाहिर भएको बम विस्फोटको जिम्मेवारी लिएका थिए । बिस्फोटमा एकजनाको मृत्यु र दुइजना घाइते भएका थिए । प्रहरीले मंगलबार काभ्रेको काफलडाँडामा गरेको अपरेसनका क्रममा सुदर्शन भाग्न सफल भएका थिए । प्रहरीले उनको खोजी गरिररहेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...