ला लिगामा ग्रानाडासँग गेटाफे पराजित, भ्यालेन्सिया र लेभान्तेले खेले बराबरी
वि.सं.२०७७ जेठ ३१ शनिवार ०८:४२
1.6K
shares
एजेन्सीः स्पेनि ला लिगा फुटबलमा ग्रानाडाले गेटाफेलाई २–१ गोल अन्तरले पराजित गर्यो । खेलमा अग्रता गेटाफेले २०औं मिनेटमा डेबिड टिमोरको गोलबाट लिएको थियो । ७०औ मिनेटमा जेनीले आत्मघाति गोल गरेपछि खेल बराबरीमा आएको थियो ।
कार्लोस फर्नान्डिज ईक्कीसले ७९औ मिनेटमा गोल गर्दै ग्रानाडाको जित सुनिश्चत गरेका थिए । हारसंगै गेटाफेले ला लिगाको शीर्ष चारभित्र उक्लिने मौका गुमायो । ग्रानाडा ४१ अंक जोड्दै तालिकाको आठौं स्थानमा उक्लियो ।
यसैगरी शुक्रबार राती नै भएको अर्को खेलमा भ्यालेन्सिया र लेभान्तेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
वि.सं.२०७७ जेठ ३१ शनिवार ०८:४२




















