विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख २३ हजार नाघ्यो, २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरैको मृत्यु
वि.सं.२०७७ जेठ ३० शुक्रवार ११:४८
1.3K
shares
काठमाडौं: कोरोना भाइरस महामारीबाट भारतमा बिहीबार मात्रै ११ हजार १ सय २८ जना नयाँ संक्रमित थपिएका छन् भने ३ सय ९४ जनाको मृत्यु भएको छ । यो संख्या भारतमा एकैदिन मृत्यु भएकाको अहिसम्मकै धेरै संख्या हो ।
विश्वभर कोरोना महामारीका कारण ४ लाख २३ हजार ८ सय ४६ जनाको मृत्यु भईसकेको छ भने ७५ लाख ९७ हजार ५ सय ६२ जनालाई संक्रमण भएको छ । त्यस्तै ३८ लाख ४२ हजार २ सय ४ जना स्वास्थ्यपचार पछि निको भएका छन् भने ५३ हजार ८ सय ९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ५ सय १ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९८ हजार २ सय ८३ जनामा संक्रमण देखिएको छ । त्यहाँ १ लाख ४६ हजार ९ सय ७२ जना स्वास्थ्योपचारपछि निको भएका छन् भने ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
वि.सं.२०७७ जेठ ३० शुक्रवार ११:४८



















