प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने
वि.सं.२०७७ जेठ २८ बुधवार ०८:५५
1.2K
shares
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सांसदहरुले उठाएका प्रश्नको मन्त्रीहरुले जवाफ दिने क्रम जारी छ । यसअघि हिजो र सोमबार पनि मन्त्रीहरुले आ-आफ्ना मन्त्रालय अन्र्तगतका कार्यक्रममा उठाइएका प्रश्नको जवाफ दिएका थिए । प्रधानमन्त्रीले जवाफ दिएलगत्तै सांसदहरुबाट प्रस्तुत भएका खर्च कटौती प्रस्तावहरु निर्णयार्थ पेश हुने छन् ।
यस्तै आजै विनियोजन विधेयक २०७७ का दफाहरु निर्णयार्थ पेश गर्ने तथा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको छ । यसैगरी अर्थमन्त्री खतिवडाले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (चौबिसौँ संशोधन) विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ ।
वि.सं.२०७७ जेठ २८ बुधवार ०८:५५




















