YouTube Link

एमसिसीबारे नेकपा सचिवालयले लिन सकेन निर्णय, संसदले पारित गरेमात्र एमसीसी कार्यान्वयन

Facebook Link

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बारे शनिबार पनि निर्णयमा पुग्न सकेन । एमसिसी के गर्ने भन्ने निष्कर्ष दिन नसकेको बैठकले, संसदबाट अनुमोदन नहुँदासम्म त्यस अन्तर्गतका सबै काम रोक्ने निर्णय भने गरेको छ ।

शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सचिवालय बैठकले एमसिसी अनुमोदन नहुञ्जेल त्यस अन्तर्गतका काम रोक्ने निर्णय गरेको नेकपाका प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिएका हुन् । श्रेष्ठले भने, ‘एमसिसी अन्तर्गतका कामहरू जति अनुमोदन भएपछि गर्नुपर्ने काम छन् ती अनुमोदन भएपछि नै गर्ने समझदारी भयो । संसदबाट एमसिसी अनुमोदन नहुँदासम्म त्यसअन्तर्गतका काम रोक्ने निर्णय भयो ।’‘एमसिसी अन्तर्गतका कामहरू जति अनुमोदन भएपछि गर्नुपर्ने काम छन् ती अनुमोदन भएपछि नै गर्ने समझदारी भयो,’ प्रवक्ता श्रेष्ठले भने, ‘संसदबाट एमसिसी अनुमोदन नहुँदासम्म त्यस अन्तर्गतका काम रोक्ने ।’

एमसिसीबारे नेकपाले गत माघमा सचिवालय सदस्य झलनाथ खनालको संयोजकत्वमा बनाएको कार्यदलले दिएको प्रतिवेदन अध्ययन गर्ने निर्णय पनि गरिएको छ । यथास्थितिमा एमसिसी लागू गर्न नहुने उक्त कार्यदलको सुझाव छ । एमसिसी समावेश भएकैले बजेट अनुमोदन हुनबाट नरोकिने संकेत गर्दै श्रेष्ठले बजेट आफ्नो प्रक्रिया अनुसार अनुमोदन हुने जानकारी दिए ।

सरकारको नीति तथा कार्यक्रम र बजेटमा एमसिसीलाई समावेश गरेको भन्दै नेकपाका केही नेताले आपत्ति जनाउँदै आएका छन् । आजको सचिवालय बैठकमा स्थायी समिति सदस्य भीम रावलको समेत सहभागीता रहेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा रावलसहित अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडा र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली समेत सहभागी भएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...