कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख ५२ हजारभन्दा बढीको मृत्यु, ५६ लाख ८१ हजारभन्दा बढी संक्रमित
वि.सं.२०७७ जेठ १४ बुधवार ०७:३३
1.3K
shares
एजेन्सीः कोरोना भाइरसको महामारीबाट विश्वभर मृत्यु मृत्यु हुनेको संख्या ३ लाख ५२ हजार १ सय ५५ पुगेको छ भने ५६ लाख ८१ हजार ६ सय ४९ मानिस संक्रमित भएका छन् । विश्वका २ सय १३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २४ लाख ३० हजार ५ सय १० जना संक्रमण मुक्त भएका छन् ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६९ हजार ६ सय १ जनाको मृत्यु भएको छ । १९ लाख ३४ हजार ८१ जना संक्रमित भएकोमा ९ लाख १२ हजार ५ सय ५८ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १६ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १९ लाख २६ हजार ४ सय ९२ पुगेको छ ।
यस्तै एसियाली मुलुकहरुमा २८ हजार २ सय २० जनाको मृत्यु भएको छ । १० लाख २ हजार ९ सय १८ जना संक्रमित भएकोमा ५ लाख ८९ हजार ३९ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ३३ हजार ९ सय ३० जनाको मृत्यु भएको छ । ६ लाख ८३ हजार ७ सय ४२ जना संक्रमित भएकोमा २ लाख ७२ हजार २ सय ९४ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरुमा ३ हजार ६ सय १३ जनाको ज्यान गएको छ भने १ लाख २१ हजार ५ सय ४७ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय २३ जनाको मृत्यु भएको छ । ८ हजार ७ सय ४१ जना संक्रमित भएकोमा ८ हजार १ सय १५ जना संक्रमणमुक्त भएका छन् ।
कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ५४५ जनाको मृत्यु भएको छ । संक्रमित १७ लाख २५ हजार ४ सय जनामध्ये ४ लाख ७८ हजार २ सय ३७ जना संक्रमणमुक्त भएका छन् ।
वि.सं.२०७७ जेठ १४ बुधवार ०७:३३



















