YouTube Link

कप्तान मेस्सीका कारण बार्सिलोनामा ठुलो बहस, बोर्ड बैठकमा छलफल हुने

Facebook Link

एजेन्सी: बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले क्लबका कप्तान लियोनेल मेस्सीले केही समयअघि दिएको एक अभिव्यक्तिका कारण क्लबमा ठुलो बहसको अवस्था सिर्जना भएको बताएका छन् । मेस्सीले दुई साताअघि प्रशिक्षक सेटिनको ‘ब्रान्ड’ ले च्याम्पियन्स लिग जित्न नसकिने बताउँदै आलोचना गरेका थिए । सोही विषयले अहिले बार्सिलोनामा ठुलो बहसको सिर्जना भएको छ ।

यस विषयमा क्लबको बोर्ड बैठकमा छलफल हुनेछ । मेस्सीले त्यसअघि क्लबका निर्देशक एरिक एबिडालको पनि आलोचना गरेका थिए । प्रशिक्षक क्विके सेटिनले मेस्सीले गरेको आलोचनाको प्रतिरक्षा गर्दै फुटबल खेलाउने आफ्नो रणनीतिक दर्शनले पनि च्याम्पियन्स लिग जित्न सकिने बताएका छन् । अर्जेन्टिनी फरवार्ड मेस्सीले हामी जसरी खेलिरहेका छौ त्यसरी खेलेर जित्न सम्भव छैन भनेका थिए । उनले आफू हरेक बर्ष च्याम्पियन्स लिग खेलेको आधार मान्दै प्रशिक्षक सेटिनको शैलीको आलोचाना गरेका थिए ।

खेलाडी र प्रशंसकको आशंकाका बाबजुत सेटिन सन् २०१५ पछि बार्सिलोनालाई पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जिताउने आफ्नो शैलीको समर्थन गरिरहेका छन् । ‘मेस्सीको भनाईले मलाई लाग्छ एउटा ठुलो विवाद सिर्जना गरेको छ । हामी सहमत छौ, हामी च्याम्पियन्स लिग जित्न सक्छौ । हामीले केही सुधार गर्नुपर्नेछ । तर, विवादरहित रुपमा भन्दा च्याम्पियन्स लिग जित्ने हामीसँग क्षमता छ,’ सेटिनले भने ।

इर्नेस्टो भाल्भेर्डे बर्खास्तमा परेपछि सेटिन गत जनवरीमा क्लबको मुख्य प्रशिक्षक बनेका थिए । सेटिनको प्रशिक्षणमा बार्सिलोनाले १२ खेल खेल्दा ८ मा जित, १ बराबरी र ३ हारको नजिता निकालेको छ । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना यो सिजनको च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब नेपोलीसँग १–१ गोलको बराबरी खेलेको थियो । बार्सिलोना २०१५ को च्याम्पियन्स बनेपछि त्यसयता सेमिफाइनलभन्दा अघि बढ्न सकेको छैन । अघिल्लो सिजन बार्सिलोना सेमिफाइनलमा लिभरपुलसँग ४–३ ले पराजित भएको थियो ।

त्यसअघि बार्सिलोनाले सन् २००६ देखि २०११ सम्म ६ पटक च्याम्पियन्स लिग खेल्दा बार्सिलोनाले ३ पटक उपाधि जितेको थियो । २०१५ देखि २०१८ सम्म स्पेनिस महारथी रियल म्याड्रिडले च्याम्पियन्स लिगको ह्याट्रिक उपाधि जितेको थियो । अघिल्लो सिजन लिभरपुल च्याम्पियन बनेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...