YouTube Link

इन्टरनेट नचलेर हैरान हुनुहुन्छ ? यस्ता छन् छिटो बनाउने तरिका

World Cup 2026
Facebook Link

काठमाडौं: विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसका कारण लकडाउन जारी रहँदा अधिकांश मानिसहरु यतिबेला घरमै बसेका छन् । यो बेला इन्टरनेटको प्रयोग अधिक बढेको छ । तर इन्टरनेटको गति एकदमै सुस्त भएर तपाई दिक्क हुनुभएको होला ।

इन्टरनेट बिग्रिएमा वा सुस्त नै भएपनि सम्बन्धित कम्पनीले कोरोना भाइरस संक्रमणको जोखिम रहेको भन्दै कर्मचारी पठाउन नमानिरहँदा तपाईलाई पक्कै पनि इन्टरनेट कसरी फास्ट बनाउन सकिएला भन्ने मनमा लागेको हुनुपर्छ । यस्तो अवस्थामा हामी तपाईंहरुलाई केही टिप्स दिदैछौं जसले तपाईंको इन्टरनेटलाई फास्ट बनाउँन मद्दत गर्छ ।

राउटर राखेको स्थान परिवर्तन

राउटर राखिएको स्थानले पनि तपाईको इन्टरनेटको गतिलाई निर्धारण गर्दछ । यदि तपाईको राउटर राखेको स्थान छनोट नै गलत छ भने इन्टरनेट चल्न नै मुस्किल हुन्छ । यसर्थ राउटरलाई भरसक अग्लो स्थान र अरू इलेक्ट्रोनिक आईटमहरुको नजिक नराख्नोस् । यदि एन्टेनासहितको राउटर छ भने, यसको एन्टेनालाई माथि पर्ने गरि राख्नुहोस् ताकि यसले सिंग्नल राम्रोसँग समात्न सकोस् ।

अलग एन्टेना जोड्ने विकल्प

इन्टरनेटले काम गरेको छैन भने अलग्गै अर्को एन्टेना जोडेर पनि फास्ट बनाउन सकिन्छ । राउटरले आन्तरिक एन्टेनामा काम गर्दछ भने गति बढाउन तपाईंसँग बाहिरबाट पनि एन्टेना थप्ने विकल्प छ । बाह्य एन्टेना बजारबाट किन्न सकिन्छ ।

वायरलेस बुस्टर

प्रत्येक राउटरको क्षमता निश्चित हुन्छ । जबकी राउटरले सिंग्नल निश्चित क्षेत्रभन्दा पर पुर्‍याउन सक्दैन भने यस्तो बेला तपाईले बुस्टरको प्रयोग गर्न सक्नुहुन्छ । त्यसका लागि तपाइले रेन्ज एक्सटेण्ड गर्ने बुस्टर पनि जडान गर्न सक्नुहुन्छ ।

राउटर रिबुट गर्नुहोस्

काम सुरू गर्नु अघि तपाईंको वाइफाइ राउटर रिबुट गर्नुहोस् । यो रिबुट हुने बित्तिकै यसले पूरानो मेमोरी खाली हुन्छ र सबै अपडेटहहरू इन्स्टल हुन्छन् । यस बाहेक कसैसँग वाइफाइ पासवर्ड साझेदारी नगर्ने र बेलाबेलामा पासओर्ड परिवर्तन गर्नाले पनि इन्टरनेट फास्ट हुन सक्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...