त्रिवि शिक्षण अस्पतालका चिकित्सकसहित ३८ जनालाई क्वारेन्टाइनमा राखियो, न्युरो वार्ड सिल गरियो, ओपिडि र आकस्मिक सेवा भने सुचारु
वि.सं.२०७७ जेठ १ बिहीवार १३:२७
1.3K
shares
काठमाडौं: त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि चिकित्सकसहित ३८ जनालाई क्वारेन्टाइमा राखिएको छ । अस्पतालमा रहेकी ६ वर्षीया कोरोना संक्रमित बालिकाको संम्पर्कमा रहेका ३६ जना डाक्टर तथा नर्सलाई क्वारेन्टाइनमा राखिएको अस्पताल बताएको छ ।
अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो । न्यूरो वार्डमा रहेका पाँच जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ ।
यस्तै संक्रमति बालिका भर्ना भएको न्युरो वार्डलाई सिल गरिएको छ । संक्रमित बालिकालाई पनि अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । संक्रमित बालिका रहेको न्युरो वार्डमा सील गरिएपनि अस्पतालको ओपिडि र आकस्मिक सेवा भने सुचारु छ ।
वि.सं.२०७७ जेठ १ बिहीवार १३:२७



















