लकडाउन उल्लघंन गर्ने एक हजार ५ सय ३६ जना प्रहरी नियन्त्रणमा
वि.सं.२०७७ वैशाख २३ मंगलवार ०९:२७
1.4K
shares
बैशाख: कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लागु गरेको उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय ७१ महिला सहित १५ सय ३६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसै गरी ५ सय ९८ वटा दुई पाङ्ग्रे र ६४ वटा चारपाङग्रे गरी ६ सय ६२ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।
काठमाडौंमा सबै भन्दा बढी १४ सय ३१, ललितपुरमा ६९ जना र भक्तपुरमा ३६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कोरोना भाइरस विश्वव्यापी महामारीको रुपमा फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उनले आग्रह गरे ।
वि.सं.२०७७ वैशाख २३ मंगलवार ०९:२७




















