नेपालगन्जमा थप सात जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो
वि.सं.२०७७ वैशाख २३ मंगलवार ०८:५६
1.3K
shares
काठमाडौं: नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमण देखिएको छ । यो सहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८२ पुगेको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षण अनुसार थप ७ जनामा नयाँ पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका ८ निवासी २२, ३०, ४० वर्षीय पुरुष र ९, ३२, ३४ र ५५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित सातै जनाको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ । यसअघि एकै दिन १६ जनामा संक्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि ३ दिनसम्म नेपालगञ्जलाई निषेधित क्षेत्र तोकेको छ ।
वि.सं.२०७७ वैशाख २३ मंगलवार ०८:५६




















