YouTube Link

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि नाम चलेका कलाकारहरुको दौडधुप

Facebook Link

काठमाडौं: रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि चलचित्रकर्मीहरूले आ-आफ्नो तर्फबाट तयारी सुरु गरेका छन् । गत मंसिर २९ गते बोर्डका अध्यक्ष केशव भट्टराईको असामयिक निधनपछि रिक्त रहेको बोर्डमा नयाँ नेतृत्वको लागि आवेदन आह्वान भएसँगै चलचित्रकर्मीहरू यसको तयारीमा जुटेका हुन् ।

नायक निखिल उप्रेतीले बोर्ड अध्यक्ष बन्नका लागि आन्तरिक तयारी गरिरहेको चर्चा छ । तर, निखिल मात्र होइन अन्य केही नाम चलेका कलाकारदेखि नयाँ पुस्ताका कलाकारसमेत बोर्ड अध्यक्ष बन्नका लागि दौडधुपमा छन् । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि नायक भुवन केसीले पनि तयारी गरिरहेका छन् । चलचित्र क्षेत्रको विकास र विस्तारका लागि आफू उल्लेखनीय काम गर्न सक्ने केसीले दाबी गर्दै आएका छन् ।

यस्तै, नायक शिव श्रेष्ठको नाम पनि बोर्ड अध्यक्षका लागि चर्चामा छ । निर्देशक दयाराम दाहाल त बोर्ड अध्यक्ष बन्नका लागि लामो समयदेखि नै दौडधुपमै छन् । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा राम्रै सम्बन्ध रहेकाले पनि दयारामको सम्भावना पनि बलियो रहेको चलचित्रकर्मीहरू चर्चा गर्छन् । दाहालसँग चलचित्र विकास बोर्डको सदस्य पदमा रहेर काम गरिसकेको अनुभव छ ।

कलाकार सोहित मानन्धर पनि बोर्ड अध्यक्ष बन्नका लागि दौडधुपमा छन् । अष्टनारायण हलका मालिक समेत रहेका सोहित बोर्ड अध्यक्षमा युवापुस्ता आउँदा नयाँ शैलीको काम हुने तर्क गर्छन् । नेपाल सरकारले केही दिन अगाडि मात्र बोर्ड अध्यक्ष बन्नका लागि आवेदन दिन सूचना जारी गरेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...