YouTube Link

दर्शकविना मैदानमा इंग्लिस प्रिमियर लिग खेलाउने अन्तिम विकल्प

Facebook Link

काठमाडौं: इंग्लिस प्रिमियर लिगको यो सिजन सम्पन्न गर्नका लागि दर्शकविना तटस्थ मैदानमा खेलाउनु अन्तिम विकल्प रहेको निस्कर्ष क्लबहरुको बैठकले निकालेको छ । शुक्रबार राति भएको २० वटा क्लब र सरकारी पदाधिकारी बीचको भिडियो कन्फ्रेन्समा बढिमा १० वटा रंगशाला प्रयोग गरेर यो सिजनको लिग सम्पन्न गर्न सकिने निस्कर्ष निकालिएको हो ।

प्रिमियर लिगमा ९२ खेल खेल्न बाँकी रहेको छ । लिग हुँदा रंगशालाहरु बन्द हुनेछन् । लिग कसरी सुरक्षित र उचित तरिकाले गराउन सकिन्छ भनेर कमिटी पनि गठन गरिएको छ । छलफलमा मेडिकल विशेषज्ञ र अरु खेलकुदका पदाधिकारीको पनि सहभागिता रहेको थियो । प्रिमियर लिगले सरकारको नियम अनुसार क्लवहरुले प्रशिक्षणमा फर्कनुपर्ने भनेर विज्ञप्ति निकालेको छ । त्यसका लागि क्लबहरुले मेडिकल प्रोटोकलमा हस्ताक्षर गर्नुपर्ने भएको छ ।

खेलाडी प्रशिक्षण गर्दा किट्स लगाएर आउनुपर्ने र अनिवार्य मास्क प्रयोग गर्नुपर्ने नियम मेडिकल प्रोटोकलमा राखिएको छ । यसका साथै प्रशिक्षणका बेला खेलाडीले नुहाउने वा खाना खाने काम गर्न पाउने छैनन । यदि क्लवले खेलाडीलाई खाने व्यवस्था गर्न चाहेमा बोकेर लान मिल्ने व्यवस्था गर्नुपर्ने बताएको छ । आवश्यक मेडिकल औषधीहरु मात्र लिन पाइने भएको छ भने सबै मेडिकल स्टाफहरु पुरै पीपीईमा हुनुपर्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...