कोरोना भाईरस महामारीका कारण फ्रेन्च लिग वान रद्द
वि.सं.२०७७ वैशाख १७ बुधवार ११:२०
1.4K
shares
एजेन्सीः फ्रान्सको शीर्ष डिभिजनको लिग वान र दोस्रो डिभिजनको लिग टु फुटबल रद्द भएको छ । विश्वभर कोरोना भाईरस महामारीका कारण सरकारले आगामी सेप्टेम्बरसम्म सबै खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेपछि चालु सिजनको लिग रद्द भएको हो ।
फ्रान्सका प्रधानमन्त्री एडुवार्ड पिलिपेले मंगलबार खेलकुद गतिविधि सेप्टेम्बरसम्म बन्द गरिएको घोषणा गरेका छन् । यस्तै फ्रान्स सरकारले लकडाउनको अवधि समेत लम्बाउने तयारी गरेको छ । फ्रान्सले यसअघि मे ११ सम्म लकडाउनको घोषणा गरेको थियो ।
लिग रद्द भएसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) उपाधि जित्नबाट बन्चित भएको छ । यस सिजन पीएसजी ६८ अंकसहित शीर्ष स्थानमा रहेको थियो । मार्सेली ५६ अंकसहित दोस्रो स्थानमा रहेको थियो । कोरोनाको कारण यस अघि डच लिग रद्द भईसकेको छ ।
वि.सं.२०७७ वैशाख १७ बुधवार ११:२०



















