प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता
वि.सं.२०७७ वैशाख १७ बुधवार १०:३८
1.5K
shares
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटमा संघीय संसदको बजेट (वर्षे) अधिवेशन बोलाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । त्यस्तै भेटमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषय, आगामी वर्षको नीति तथा कार्यक्रमका विषयमा पनि कुराकानी भएको बताईएको छ ।
वि.सं.२०७७ वैशाख १७ बुधवार १०:३८



















