YouTube Link

भारतमा लकडाउन दुई हप्ता थप गर्ने तयारी, औपचारिक घोषणा भने हुन बाँकी

Facebook Link

एजेन्सीः भारतमा लकडाउनको अवधि दुई हप्ता थप गर्ने तयारी गरिएको छ । औपचारिक घोषणा भने हुन बाँकी छ । प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग चार घण्टा लामो छलफलपछि यसको संकेत दिएको हो ।

बैठक सकिए लगत्तै नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीट गर्दै भने, ‘प्रधानमन्त्रीले लकडाउन बढाउने सही फैसला लिनुभएको छ ।’ त्यस्तै, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि भनिन्, ‘अप्रिल ३० सम्म लकडाउन बढाउने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको छ । हामी वहाँको फैसलाको समर्थनमा छौँ ।’ यद्यपि, लकडाउन बढाउने घोषणा कहिले गरिनेछ भन्ने यकिन छैन ।

केजरीवाल र ममता बनर्जीको बयानपछि प्रधानमन्त्रीले शनिबार राति आफै देशवासीको नाममा सम्बोधन गर्दै लकडाउन बढाउने घोषणा गर्ने मिडिया रिपोर्टहरु सार्वजनिक भएको थियो । तर, सरकारी सुत्रले प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्पष्ट पारेका छन् । बैठक सकिएको डेढ घण्टापछि प्रधानमन्त्री कार्यालयको तर्फबाट पनि बयान जारी भएको थियो ।

दिल्लीसहित १२ राज्य सरकार लकडाउन बढाउने पक्षमा छन् । पञ्जाबको काँग्रेस सरकार र ओडिशाको बीजद सरकारले ३० अप्रिलसम्म लकडाउन बढाउने फैसला गरिसकेको छ । बाँकी राज्यले पनि प्रम मोदीलाई कम्तिमा दुई हप्ता लकडाउन बढाउन सुझाव दिएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...