YouTube Link

पार्टी एकतापछि मधेशमा नेकपाको पहिलो आमसभा, प्रदेश-२ को बिकासमा संघीय सरकार सक्रिय: प्रधानमन्त्री ओली, बिशेष प्याकेज लिएर मधेशको बिकास: प्रचण्ड

Facebook Link

रौतहट: पार्टी एकतापछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले प्रदेश नम्बर २ को रौतहटमा पहिलो पटक सभाको आयोजना गरेको छ । रौतहटको गरुडामा आयोजित सभामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश-२ को बिकासमा संघीय सरकार सक्रिय भएर लागेको बताउनुभयो ।

प्रदेश सरकारको बेटी बचाऔं, बेटी पढाऔं अभियानको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले मधेशको बिकास तथा समृद्धिको अभियानमा हातेमालो गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले मधेश केन्द्रित दलहरुलाई लक्षित गर्दै जनतालार्इ एकपटक झुक्याएर भोट पाइयो भन्दैमा नमात्तिन आग्रह गर्नुभयो ।

उहाँले छुट्टै मधेशको माग राख्नेहरु मुलधारको राजनीतिमा आउनु स्वागतयोग्य रहेकोसमेत बताउनुभयो । पार्टी एकताका विषयमा ओलीले छिट्टै तल्लो तहसम्मको एकता हुने भन्दै नेता तथा कार्यकर्तालाइ ढुक्क हुन आग्रह समेत गर्नुभयो ।

सभामा नेकपा अध्यक्ष पुष्पकमल दाहालले मधेशका जनताले लोकतन्त्र ल्याउन बिभिन्न समयको आन्दोलनमा बलिदानी दिएको स्मरण गर्दै जनतालार्इ अधिकार सम्पन्न बनाउन कानून निर्माण भैरहेको बताउनुभयो । उहाँले पहिलेको शासकले मधेशलाइ बिभेद गरेको र वर्तमान सरकार बिशेष प्याकेज लिएर मधेशको बिकासमा लागिपरेको दावी गर्नुभयो ।

सभामा बरिष्ठ नेता माधवकुमार नेपालले मधेशको बिकासका लागि दीर्घकालिन योजना संचालन गर्दै आएको बताउनुभयो । रौतहट जिल्ला कम्युनिष्ट आन्दोलनको इतिहास बोकेको जिल्ला रहेको स्मरण गर्दै किसान आन्दोलनको शुरुवात पनि रौतहटबाट भएको नेता नेपालले सो अवसरमा स्मरण गर्नुभयो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...