YouTube Link

विषम परिस्थिति र सामाजिक सुरक्षा

Facebook Link
vision

विश्वम् परिस्थिति र भोगाईकाबीच पुकारिरहेको एक मात्रै वाक्य हो विश्वलाई अहिलेको परिस्थितिबाट छिट्टै राहत मिलोस् । झस्किँदै समाचारका प्रत्येक हेडलाईनलाई धैर्यतापुर्वक सुन्दछु, हेर्दछु अनि मलिन अनुहार बनाउँदै हात्तीलाई कमिलोले जित्छ भन्ने भनाई चरितार्थ भएको आभास दिलाउँछु ।

यसैबीच सामाजिक सञ्जालका भित्ता-भित्तामा सजिएका पुराना यादगर फोटो र साहित्यिक पारामा सजिएका कमेन्टलाई नियाल्छु त्यसै माथि विभिन्न परिकारमा सजिएका डिसलाई हेर्छु लाग्छ साँच्चिकै मानव विषम् परिस्थितिसँग मजाग मानिरहेको छ ।

यसैबीच समाचारका प्रत्येक हेडलाईनमा ब्रेकिङ् न्यूज बनेर आउने शब्द-शब्दमा भरिएका कोभिड-१९ बाट यति मान्छेको मृत्यु । सोच्दछु सामाजिक सुरक्षाको एक जिम्मेवार मान्छे त्यसैमाथि विषम् परिस्थिति घण्टी बजाएर नआए पनि अन्तर्राष्ट्रिय स्तरमा बजाईरहेको घण्टीकाबीच एकले अर्कोलाई सघाउनु सामाजिक सुरक्षाको महत्त्वपुर्ण पाटो हो । जस्तो कि राज्यले जनतालाई दिने राहत मात्र नभई जनताले राज्यलाई र जनताले जनतालाई अप्ठ्यारोकाबीच सघाउनु पनि सामाजिक सुरक्षा हो ।

जब एउटा राज्यले आफ्ना नागरिकलाई प्रदान गर्ने हरेक खालका सामाजिक सुरक्षाको जोहो बेलैमा गर्न सक्दैन तबसम्म राज्य जतिसुकै बलियो भएपनि यसले पार्ने प्रभाव नकारात्मक नै हुन्छ । राहत, कला, कौशिलता त यसका क्षणिक पाटो मात्र हुन् ।

यसलाई हाल विश्वले भोगिरहेको कोभिड-१९ सँग दाँजेर हेर्नु अझ सान्दर्भिकता हुन्छ । उखानै छ- मान्छेलाई ऋण लागोस् तर दिन नलागोस् । जब मान्छे स्वस्थ छ र त मात्र सफल भविष्यको परिकल्पना गरेको हुन्छ । यो परिस्थिति पुनः नआउला भन्न सक्ने अवस्था छैन । जब एउटा राज्यले आफ्ना नागरिकलाई प्रदान गर्ने हरेक खालका सामाजिक सुरक्षाको जोहो बेलैमा गर्न सक्दैन तबसम्म राज्य जतिसुकै बलियो भएपनि यसले पार्ने प्रभाव नकारात्मक नै हुन्छ । राहत, कला, कौशिलता त यसका क्षणिक पाटो मात्र हुन् । विश्वमा कैयौं दोहोरिएका यिनै कहालीलाग्दो कारुणिक र हृदयविदारक घटनाले पटक-पटक खतराको घण्टी बजाईरहेका हुन्छन् । आज हामी तिनै खेतवारी र बाँझोका पाटालाई नहेरी डलरको मोहमा भौतारिन्छौ र लिन्छौं क्षणिक आनन्द ।

अर्थतन्त्रका हिसाबले मजबुत देशहरु जो अहिलेको विषम परिस्थितिकाबीच गुज्रिरहेका छन् । त्यसको बलियो संयन्त्र राज्य आर्थिक मात्र नभई संकट सामनाको पुर्व तयारी पनि हुन आउँछ । जुन सामाजिक, भौतिक, नागरिकप्रतिको बफादारिता सरकारको प्राथमिकतामा पर्नुपर्छ । बेलैमा सरकारी संयन्त्रको परिचालन, सजग नागरिक र पुर्ण जनउत्तरदायी सरकारको आवश्यकता त्यतिबेला मात्रै पुष्टि हुन्छ जब हरेक तह तप्काले आफ्नो जिम्मेवारी गहन पूर्वक निर्वाह गरिराखेको हुन्छ ।

नेपाल जस्तो मूलुकले अर्थतन्त्र निर्माणका लागि भर्खर मात्र महान आकाङ्क्षा सहित खुड्किला चढ्दै गरेको राष्ट्र । यसैमाथि कोभिड-१९ सँग सामना गरिरहेको छ । त्यसो त भविष्य प्राय: गौण नै हुन्छ अनेकौं जोखिमकाबीच सामना गर्नुपर्ने । जोखिम व्यवस्थापनमा सामाजिक सुरक्षाको महत्व त्यतिखेर मात्रै हुन्छ जब जुनसुकै अस्त्र पनि नतमस्तक भइदिन्छन् ।

जोखिम वहन, व्यवस्थापनका दृष्टिले नेपालको सन्दर्भमा सामाजिक सुरक्षाको अवधारणा व्यवहारमा नल्याएको पनि होइन तर २०७५ मङ्सिर ११ गते सम्माननीय प्रधानमन्त्रीज्युबाट औपचारिक रूपमा समुद्घाटन भएको सामाजिक सुरक्षाको नौलो पाटो सामाजिक सुरक्षाकोष नीति र दायित्वको हिसाबले नौलो प्रयास हो । विषम् परिस्थितिको जोखिमकाबीच यसको साख आम नागरिकमा पुर्याउदै पूर्ववत् ढंगले सम्पूर्ण क्षेत्रलाई अग्रसरता दिलाउन थप दायित्व र जिम्मेवारी बोध हुने खालका परिमार्जित कार्यक्रमहरु ल्याईनुपर्दछ । यस परिस्थितिकाबीच आम नेपाली नागरिकलाई आफ्नो भूमिमा केही गरौं भन्ने जोश, जाँगर अझ उजागर भएर आउनेछ ।

बेरोजगार सहायता कार्यक्रम, सिपमूलक तालिम र सरकारी संयन्त्रको यथाशिघ्र परिचालन हुनुपर्दछ । यससँगै दुखेका घाउमा मलम लगाउँदै सरकारी संयन्त्रको यत्रतत्र पहुँच र विस्तार गर्दै सरकार अडिग र जस्तोसुकै परिस्थितिको सामना गर्न सक्ने हुनुपर्दछ । त्यसो त इतिहासका पानाले हामीलाई पढाईरहेछन् यस्तो महामारी जुनसुकै बेला आउन सक्छ । पुनः विश्व महामारीबाट गुज्रिरहेको छ ।

भनिन्छ, एकतामा बल हुन्छ आज विश्व कोभिड-१९ को महामारी भइरहेकै बेला नेपालले अपनाएको उच्च सतर्कताका सर्वत्र साथ, सहयोग र हौसला मिल्यो भने यो युद्ध पक्कै जित्न सकिन्छ । चीन, इटाली, अमेरिका लगायतका कयौं देशहरूले यस्तो अवस्थासँग जुध्न गरेका सफल उदाहरण र चीनले यस परिस्थितिसँग जुध्न अबलम्बन गरेको मोडालिटी हाम्रो लागि अनुसरणीय छ ।

सारमा, पक्ष-विपक्षभन्दा पनि हाल विश्वले भोगिरहेको विषम परिस्थितिसंग मिलेर सामना गर्नु अपरिहार्य छ । आधारभूत आवश्यकताको पहिचान, विविधिकरण र प्रयाप्त तयारी यसका ज्वलन्त विषय हुन् । निजी क्षेत्रले आफ्नो दायित्व बोध गर्नु, सरकारी निकायले आफ्नो मातहतका कार्यहरूको बोध गर्नु, सरकारले सामाजिक सुरक्षाको दृष्टिले जोखिम व्यवस्थापनमा नागरिकप्रति पुर्ण बफादार हुनु र नागरिकले सरकारले विषम परिस्थितिकाबीच प्रदर्शन गरेका कौशलताप्रति रचनात्मक सहयोग गर्न सके यो परिस्थितिको सामना गर्न थप हौसला मिल्नेछ ।

(लेखक: सामाजिक सुरक्षा कोषका वरिष्ठ सहायक निर्देशक हुन्)

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...