YouTube Link

कोरोना संक्रमणबाट एकै दिनमा झण्डै पाँच हजारले ज्यान गुमाए, विश्वभर एकै दिन ७६ हजार नयाँ संक्रमित

Facebook Link

काठमाडौं: विश्वव्यापी महामारीको रुप लिँदै गरेको कोरोना भाइरसको संक्रमणबाट एकै दिनमा झण्डै ५ हजार जनाको मृत्यु भएको छ । विश्वभर एकै दिन ७६ हजार नयाँ संक्रमित भेटिएका छन् । एजेन्सीहरुका अनुसार अमेरिकामा विगत २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ भने त्यहाँ २६ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।

यो सँगै अमेरिकामा मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ भने संक्रमितको संख्या २ लाख १४ हजार पुगेको छ । त्यस्तै स्पेनमा एकैदिन ९ सय २३ जनाको मृत्यु भएको छ । त्यहाँ ८ हजार बढी नयाँ संक्रमित थपिएका छन् । स्पेनमा मृत्यु हुनेको संख्या ९ हजार ३ सय नाघको छ भने संक्रमितको संख्या १ लाख ४ हजार पुगेको छ । यस्तै इटलीमा ७ सय २७ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या १३ हजार पुगेको छ । इटलीमा संक्रमितको संख्या १ लाख १० हजार नाघेको छ ।

फ्रान्समा कोरोनाबाट एकै दिन ५ सयको मृत्यु भएको छ । बेलायतमा साढे ५ सय जनाको मृत्यु भएको छ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ३० हजार भन्दा बढी पुगेको छ । जसमध्ये झण्डै २ लाख मानिस उपचारपछि निको भएका छन् भने मृत्यु हुनेको संख्या झण्डै ४७ हजार नाघेको छ ।

यसैबीच कोरोना भाइरसको संक्रमणबाट दक्षिण अफ्रिकाकी एक एचआईभी वैज्ञानिकको मृत्यु भएको छ । एचआईभीको उपचार र औषधि पत्ता लगाउने कार्यमा लामो समयसम्म काम गरेकी वरिष्ठ वैज्ञानिक गीता रामजीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । ब्रिटिश एयरवेजले कोरोना भाइरसका कारण कम्पनीको अर्थव्यवस्था कमजोर भएपछि ३६ हजार कर्मचारी कटौतिको तयारी गरेको छ । अमेरिकामा मास्कको अभाव भएपछि घरबाहिर निस्किनुपर्ने मानिसले कपडाकै मास्क भए पनि लगाउनु पर्ने छलफल सुरु भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...