YouTube Link

कालोबजारी रोक्न ‘डेलीभरी भ्यान’बाट टोलटोलमा खाद्यान्न पुर्याउन स्टोरहरुलाई गृहमन्त्रालयको निर्देशन

Facebook Link

काठमाडौं: सरकारले लकडाउनको समयमा कालोबजारी रोक्न ‘डेलीभरी भ्यान’ बाट टोल टोलमा खाद्यान्न पुर्याउने व्यवस्था मिलाउने भएको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा गृहमन्त्रालयमा बसेको बैठकले लकडाउनका समयमा घरमा बस्न बाध्य नागरिकका लागि ‘डेलीभरी भ्यान’बाट टोलटोलमा खाद्यान्न पुर्याउन स्टोरहरुलाई निर्देशन दिने निर्णय गरेको हो ।

मन्त्रालयले कालोबजारी भएको पाइएमा गृहमन्त्रालयको टोल फ्री नम्बर ११४९ मा निशुल्क फोन गर्न पनि अपिल गरेको छ । बैठकको निर्णयानुसार काठमाडौं उपत्यकामा अत्यावश्यक खाद्य वस्तु अभाव हुन नदिन स्टोर र विक्रेताहरुलाई परिचालन गरिने भएको हो । ‘काठमाडौं उपत्यकामा खाद्यान्न अभाव हुन नदिन सबै स्टोर र विक्रेताहरुले आ-आफ्ना डेलिभरी भ्यान मार्फत् आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउने’, निर्णयमा भनिएको छ, ‘आवश्यक पर्ने डेलिभरी भ्यानहरुलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउने ।’ त्यसका लागि पसल संचालन, माग संकलन र वितरण कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मिलाउने गरी जिम्मेवारी दिइएको छ ।

उपभोक्ताको माग संकलन र वितरण कार्यलाई सहज र व्यवस्थित गर्न सबै स्टोर र विक्रेताहरुले आ-आफ्नो टोल फ्री नम्बर वा अन्य नम्बर उपलब्ध गराई प्रचार गर्नपर्ने भएको छ । गृहले फोन, अनलाइन, अफलाइनमार्फत माग संकलन गरी आवश्यक दैनिक उपभोग्य वस्तुहरुको ठूलो प्याकसमेत विक्री गर्न निर्देशन दिएको छ ।

‘यस जटिल घडीमा कुनै समस्या परेमा समाधानको लागि तथा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्नेमाथि सरकार कडारुपमा प्रस्तुत हुनेछ’, गृहसचिव न्यौपानेले भने, ‘अवैधरुपमा सामान जम्मा गर्ने जस्ता गतिविधि गरी बजारमा आवश्यक उपभोग्य खाद्यवस्तुको अभाव देखिएमा २४ सै घण्टा उठ्ने टोल फ्री नम्बर ११४९ मा निशुल्क फोन गर्न सक्नुहुनेछ ।’

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...