संकटका बेला निजी अस्पताल पछि हट्नु र कुनै भेदभाव गर्नु कायरताः पूर्वराजा ज्ञानेन्द्रन शाह
वि.सं.२०७६ चैत १४ शुक्रवार ०७:३०
1.3K
shares
काठमाडौं: निजी अस्पताल एवं स्वास्थ्य संस्थाहरूले कोरोना आशंका गरिएका बिरामीहरूलाई उपचारका लागि भर्ना नै नलिने हर्कत देखाउन थालेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले कायरताको संज्ञा दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटर मार्फत पूर्वराजा शाहले सरकारी मात्र नभै सबै निजीस्तरका स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकता दिनैपर्ने र संकट परेको बेला पछि हट्नु कुनै भेदभाव गर्नु कायरतापूर्ण हुने उल्लेख गरेका हुन् ।
पूर्वराजा शाहले ट्वीटरमा लेखेका छन्: “कोरोना भाइरसको बढ्दो प्रभावले संकटमा रहेका बेला देश भित्र संचालनमा रहेका सरकारी मात्र नभै सबै निजीस्तरका स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकता दिनै पर्छ, संकटका बेला पछि हट्नु, कुनै भेदभाव गर्नु कायरतापूर्ण हुनेछ । यो संवेदनशीलतालाई सरकारले पनि मनन गर्नुपर्छ ।”
पूर्व राजा शाहले कोरोना संक्रमणबाट सुरक्षित रहने गरी सजगता अपनाउन सरकारलाई ट्वीटर मार्फत सुझाव दिइरहेका छन् भने नागरिक र राज्य एक भई अघि बढ्न आग्रह गरेका छन् ।
वि.सं.२०७६ चैत १४ शुक्रवार ०७:३०



















