YouTube Link

अलपत्र पर्यटकको उद्दार थालियो, युरोपेली देशका नागरिक लैजान चार्टर विमान काठमाडौं आउने

Facebook Link

काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको त्रासकाबीच युरोपेली देशहरुले नेपालमा रहेका आफ्ना नागरिकहरु फिर्ता लैजान चार्टर विमान पठाउने भएका छन् । फ्रान्स र जर्मनीले आफ्ना देशका नागरिक लैजान चार्टर विमान काठमाडौं पठाउन लागेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सम्भवतः शुक्रबार केही युरोपेली देशका जहाज काठमाडौं आइपुग्ने छन् । जर्मन नागरिकलाई लैजानका लागि कतार एयरवेजका दुई विमान चाटर्ड गरिएको छ । शुक्रवार र शनिवार ति विमानहरुले नेपालमा रहेका जर्मन र अन्य युरोपेली मुलुकका नागरिकलाई लैजाने तयारी गरिएको छ ।

युरोप फर्किन चाहनेलाई जर्मन दूतावासको वेवसाइटमा रहेको फर्म भर्न आह्वन गरिएको छ । अहिले जर्मन र फ्रेन्च नागरिक गरी करिब ७ सय जना काठमाडौंमा छन् । नेपालमा रहेका व्यक्तिका परिवारको विशेष चासोपछि उनीहरुलाई स्वदेश फिर्ताको वातावरण बनाउन लागिएको हो ।

यस्तै, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, जापान र दक्षिण कोरियाले पनि नेपालमा रहेका आफ्ना नागरिक फिर्ताका लागि चार्टर विमान पठाउने तयारी गरेका छन् । तर, ती देशबाट कुन मितिमा विमान आइपुग्छ भन्ने विषय भने टुंगो लागेको छैन ।

लकडाउनका कारण नेपालका विभिन्न स्थानमा फसेका पर्यटकको उद्दार शुरु गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार बिहीबार बिहानैबाट पर्यटकको उद्दार शुरु गरिएको जनाएको छ । लुक्लाबाट बिहीबार चार्टर्ड गरिएको विमानमा फ्रेन्च, जर्मन तथा अन्य यूरोपेली मुलुकका नागरिक तथा पोखराबाट विभिन्न स्थानबाट पनि उनीहरुलाई काठमाडौं ल्याउने तयारी गरेको पर्यटन बोर्डले जनाएको छ ।

सम्बन्धित मुलुकले आफ्नो व्यवस्था गरी स्वदेश नर्फकाएसम्म यसरी उद्दार गरिएका पर्यटक काठमाडौंका विभिन्न होटेलमा बस्नेछन् । केही पर्यटकलाई विमानस्थल नजिकका होटेल र केहीलाई ठमेलमा राख्ने व्यवस्था गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...