Texas College
YouTube Link

एटीएम बुथमा पैसा अभाव हुन नदिन बैंकर्स संघद्वारा अपिल, डिजिटल बैंकिङमा जोड

Facebook Link

काठमाडौं: बैंकहरुलाई आफ्नो एटिएम बुथमा पैसा अभाव हुन नदिन बैंकर्स संघले अपिल गरेको छ । ग्राहकले चाहेका बेला पैसा झिक्न सक्ने गरि पैसाको व्यवस्था गर्न संघले अनुरोध गरेको हो ।

सरकारले एक साताका लागि लकडाउन गर्दा बैंकहरुले आफ्ना सम्पूर्ण शाखा कार्यालय खोल्न सम्भव नभएपछि संघले एटीएम बुथ नभएका काउन्टरमा कर्मचारी राख्न समेत निर्देशन दिएको छ । संघले सम्पूर्ण बैंकहरुलाई आफ्ना बैंकिङ कारोबार तथा सुविधा मोबाइल, फोन, इमेलमार्फत जानकारी गराउन र सेवा प्रदान गर्न भनेको छ ।

एटीएम नभएका शाखाले केही समय पैसा राख्ने र झिक्ने कामका लागि खोल्नु पर्नेछ तर उनीहरुले अन्य बैंकिङ कारोबार गर्न पाउने छैनन् । बैंकहरुले नगद बाहेकका अन्य आकस्मिक सेवाका लागि मूल्य कार्यालय वा तोकिएका कार्यालयबाट प्रतितपत्र ‘एलसी’, ग्यारेन्टी, ट्रेजरी जस्ता सेवा उपलब्ध गराउने छन् ।

स्थानीय निकायमा रहेका बैंकहरुले स्थानीय प्रशासनसँग अनुमति लिएर बैंकिङ कारोबार गर्न पाउने संघले जनाएको छ । बैंकले आफ्ना सुविधा प्रदान गर्दैगर्दा कर्मचारीको उपयुक्त स्वास्थ्य सुरक्षाको प्रवन्ध मिलाउनु पर्नेछ ।

संघले यस अगाडि नै सम्पूर्ण बैंकहरुलाई डिजिटल बैंकिङ मार्फत् सेवा प्रदान गर्न अनुरोध गरिसकेको छ । बैंकहरुले सम्पूर्ण एटीएममा नियमित रुपमा पैसा हालेर ग्राहकहरुलाई पैसाको अभावको हुन नदिने योजना बनाएका छन् । बैंकहरुले तीन हजार ६ सय ६२ वटा एटीएममार्फत् बैंकिङ सुविधा प्रदान गर्दै आएका छन् । हाल बाणिज्य बैंकहरुका मात्रै तीन हजार २ सय ७४ वटा शाखा कार्यालय छन् । प्रत्येक एटिएममा २० लाख रुपैयाँसम्म पैसा राख्न मिल्छ । नोटको अभाव हुने भएकाले पनि बैंकहरुले डिजिटल बैंकिङका लागि सम्पूर्ण ग्राहकलाई अनुरोध गरेका हुन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...