YouTube Link

ग्यास खरिद बिक्रीका लागि अनिवार्य प्यान वा भ्याट नम्बर तथा विवरण खुल्ने कागजात हुनुपर्ने

Facebook Link

काठमाडौं: नेपाल आयल निगमले खाना पकाउने ग्यासको सहज बिक्री वितरणका लागि नयाँ नियम ल्याएको छ । नेपाल सरकारले मंगलबार बिहानबाट देशभर लकडाउन लागू गरेपछि निगमले खाना पकाउने ग्यासको सहज बिक्री वितरणका लागि बुधबारबाट लागु हुने गरी नयाँ नियम ल्याएको हो ।

आयल निगमका अनुसार ग्यास उद्योगहरूले डिलरमार्फत ग्याँस बिक्री वितरण गर्ने कार्य अर्को सूचना नआएसम्म लागि बिक्रेतालाई पठाउने ग्यास सिलिन्डरको परिमाण, बिक्रेताको नाम, ठेगाना, प्यान वा भ्याट नम्बर लगायतका विवरण खुल्ने कागजात अनिवार्य गरेको छ ।

त्यस्तै, ग्यास उद्योगीहरुले आफूसँग भएको ग्याँसको शुरुको मौज्दात, भन्सारबाट आयात भएको परिमाण, उद्योगमा स्टाण्डवाई बसेको बुलेटको परिमाण गोदाममा भरिराखिएको सिलिण्डरको परिमाण र अघिल्ला दिन बिक्री वितरण गरिएको परिमाणसहितको क्लोजिङ स्टक देखिने विवरण आयल निगमलाई बुझाउनुपर्नेछ ।

मासिक रुपमा ‘एक परिवार एक सिलिन्डर’का आधारमा वितरण प्रणाली अपनाई उपत्यकाको लागि निगम केन्द्रीय कार्यालय, निगमको स्थानीय कार्यालय भएको जिल्लामा स्थानीय कार्यालय र निगमको कार्यालय नरहेको जिल्लामा, जिल्ला प्रशासन कार्यालयमा यस्तो जानकारी दिनुपर्नेछ ।

बिक्रेताले यसरी ग्यास बिक्री गरिएको उपभोक्ताको नाम, ठेगाना, नागरिकता नम्बर र फोन नम्बर प्रष्ट खुलेको रेकर्ड राख्नुपर्ने व्यवस्था समेत निगमले गरेको छ । उक्त रेकर्डका आधारमा जिल्ला प्रशासन वा निगमले अनुगमनको जुनसुकै बेला माग गर्न सक्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...