YouTube Link

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

Facebook Link
vision

श्री र सूक्तं दुईवटा प्रधान शब्द मिलेर बनेको अमृत हो यो । ललिता सहस्रानाममा पहिलो श्लोक एक चोटी ख्याल गरियो भने त्यहाँश्रीमाता, श्री महारग्नी, श्रीमाता सिंहशानेश्वरी लागयतका पवित्र शब्दहरु आउछन्; श्री माता भनेको आमा, आदिपराशक्ति हुन्, जो शक्तिशाली हुनुहुन्छ हामी उहाकै आडमा भरोसामा लाग्न खोज्छौ, सहयोग आफूभन्दा ठुलाकै पछी लागेर प्राप्त हुन्छ । श्री भनेको महाशक्ति हो जहाँ सबै कुरा प्राप्त छ, जसको चरणमा पुग्दा हाम्रो हर दुख हटेर जान्छ । शुक्तमभनेको श्री आमाको यशोगान हो, यसलाई आमाको स्तुति पनि भनिन्छ ।सूक्तको अर्थ हो सु–उक्त अर्थात् ज्यादै स्पष्ट रूपमा बताइएको। लक्ष्मीजीको प्रकट हुदा सारा देवाताहरुद्वारा लक्ष्मीजीको यशोगान गाईएको थियो । पौराणिक कालमा कुनै दिब्य शक्ति प्रकट हुदा उक्त शक्तिको स्तुति गरिन्थ्यो भनेर शास्त्रमा उल्लेख गरिएको छ । यसरीनै महालक्ष्मीको स्तुति गानलाई श्री सूक्तं भनिन्छ ।

 

श्री सूक्तंऋग्वेदको ५ औ मण्डलबाट प्राप्त भएको हो । ऋग्वेदका मन्त्रहरूमा गार्गी, अपाला, घोषा, लोपामुद्रा, कक्षिवती, यमी, इन्द्रायणी, दक्षिणा, वसुकरपत्नी, उर्वशी, अंगिरसी, श्रीलक्षा, गोधा, आत्रेयी, वशिष्ठ, विश्वामित्र, भृगु, अगस्त्य, कण्व, गर्ग, अत्रि, गृत्समद आदि ऋषिहरूका मन्त्र पाइन्छन् । ॠग्वेदमा कुल दस मण्डल छन् र उनमा १०२८ सूक्त छन् र कुल १०,५८० ॠचाहरू छन् । ऋग्वेदमा गायत्री मन्त्र, त्र्यम्बक मन्त्र, नासदीय मन्त्र, हिरण्यगर्भ मन्त्र, रोग निवारक मन्त्र, श्री सूक्त, विवाह सूक्त जस्ता अनेक प्रकारका मन्त्र र सूक्त वर्णित छन्।श्री सूक्त ऋग्वेदको एक प्रतिष्ठित स्तोत्र हो, जुन सम्पत्ति र समृद्धिको देवी लक्ष्मीलाई समर्पित छ । यो स्तोत्र पाठगरी लक्ष्मी देवीको कृपा प्राप्तगर्न सकिन्छ । यसका श्लोकहरूले लक्ष्मीको महिमा र उनको दिव्य गुणहरूको वर्णन गर्छन् । यो नै श्री सूक्तंको पहिलो अर्थात् पुरानो ईतिहास हो । वेद शास्त्र र तन्त्र शास्त्र दुबैमा प्राप्त हुने एकदमै दुर्लभ बिद्या हो श्री सूक्तं । महालक्ष्मीकोयो यशोगान वैदिक र तान्त्रिक दुवै हिसाबले प्राप्त गर्न सकिन्छ । वैदिक शास्त्रमा श्री सूक्तं १६ ऋचाको बताईएको छ । आज हामीले ३७ ऋचाको समेत भेट्न सक्छौ । ऋग्वेदको १६ ऋचाको श्री सूक्तंलाई पछी अन्य ऋषिमुनिहरुले खोज अनुसन्धान, ध्यान, साधनाबाट सही ठहराउदै जोड्दै जानुभएको देखिन्छ ।

 

हिरण्यवर्णां हरिणीं सुवर्णरजतस्रजाम् ।

चन्द्रां हिरण्मयीं लक्ष्मीं जातवेदो म आवह ॥१॥

 

यहाँ प्रत्यक ऋचाको छुट्टा छुट्टै अस्तित्व छ, हरेक ऋचाको प्रकट कसरी भयो, जागरण कसरी गराईयो भनेर लामो वाख्या गरिएको छ । साधना, अनुष्ठान र पुरुषचरणमा श्री सूक्तं साधनाको एउटा चरण महापुरुष चरण हो, यो भनेको सबैभन्दा ठुलो साधनको पाटो हो । मानौ ५ पंचाक्षरी मंत्र नमःशिवायगुरू ग्रहण गरेर दीक्षा लिएर विधिबिधानबाट५ लाख चोटीनै जप गरेपछी एक महापुरुष चरण हुन्छ ।

पञ्चाक्षरी मन्त्र

न – पृथ्वीको प्रतिनिधित्व गर्दै (गोप्य राख्ने ईश्वरको शक्ति)

म: – पानीको प्रतिनिधित्व (संसारको अर्को रूप)

शि – आगोको प्रतिनिधित्व गर्ने (स्वयं शिवको अंश)

वा – वायु (दैवी अनुग्रहको शक्ति) को प्रतिनिधित्व गर्दै

य – आकाशको प्रतिनिधित्व गर्दै (आत्माको विशेष रूप)

 

यसरी नै श्री सूक्तंकोमहापुरुष चरण २.५ बर्षमा पुरा हुन्छ । हामीलेबिशेष गरीदैनिक विधि पुर्याएर श्री सूक्तंको साधना गर्ने तिहारको लक्ष्मी पुजाको समय, औशी, कालरात्री, महारात्री, मोहरात्रीमा बढी फलदायी हुन्छ ।श्री दुर्गा सप्त्सतीमा समेत कालरात्रीको बिशेष महत्व वताईएको छ । मूल विधिविधान अनुसारश्री सूक्तंको साधना गरेर तोकिएको होमन स्वयंले गर्नुपर्दछ । मूल मन्त्रका राचयिता ऋषिहरु होईनन्, उहाहरुले ध्यान साधनाको अबस्थामा देखेर जागृत गरेर हामीलाई दिनुभएको हो । अहिलेको विज्ञानको भाषामा रिसर्चले प्रुभ गरेको भनिए जस्तै त्यो बेला ऋषिहरुले मन्त्रहरु जागृत गरेर अब यसले कामगर्न सुरुगर्यो भनेपछीमात्रलोकहितको लागीहामीलाई दिनुभएको हो ।

 

श्री सूक्तंको १६ वटा ऋचाको मंत्रद्रस्टा ऋषीहरुअलग अलग हुन्। केवलएक ऋषिले मात्र श्री सूक्तंको जागृत गर्नुभएको होईन । माता लक्ष्मीको मानस पुत्र आनन्द, कर्दम, चिक्लतित्ले सबैभन्दा सुरुमाश्री सूक्तंलाई जागृत गर्नुभएको हो त्यसपछि महर्षि बसिस्ठ, महर्षिवेदव्यासले पनि जागृत गराउनु भएको थियो । स्वयं भगवान श्री विष्णुले कपिलमुनिको अबतारमा एउटा ऋचालाई जागृत गराउनुभएको थियो ।  हाम्रो घरको सम्बेदनशील भाग ब्रह्म बिथिमा ९ पदमा विराजमान रहनुहुने सृस्ठिका कर्ता ब्रह्माजी आफैले श्रीसूक्तंको अन्तिम दुई ऋचालाई जागृत गर्नुभएको हो ।

 

तां म आवह जातवेदो लक्ष्मी मनपगामिनीम् ।

यस्यां हिरण्यं प्रभूतं गावो दास्योsश्रान विन्देयं पुरुषानहम् ॥१५

 

ब्रह्म, बिष्णु, महेश्वर तिनै शक्तिको बल रहेको श्री सूक्तं कति शक्तिशाली होला भनेर हामी आफै पनि एकछिन सोच्न सक्छौ । श्रीमद्भागवत् पुराण, महाभारत र विष्णु पुराणमा बर्णन भए अनुसार देव र दानव मिलेर समुन्द्र मन्थन गर्ने र प्राप्त गर्ने अमृत मिलेर भोगगर्ने भन्नेमा सहमति भयो । तथापी विष्णुले अमृत देवहरूलाई मात्र प्रदान गर्नेकुरा बताएका थिए ।

 

समुन्द्र मन्थनको लागि मन्दरा पर्वतको मदानी र बासुकी नागको नेती बनाइएको थियो । दानवहरूले नागको टाउको पट्टिको भाग समाउन माग गरे, भगवान विष्णुको सुझाबले देवहरु पुच्छर तिरको भाग समाउन राजी भए जसको कारण बासुकीबाट उत्सर्जन भएको बिषालु वाष्पबाट दैत्यहरु संक्रमित भए । जब पर्वतलाई समुन्द्रमा राखियो, पर्वत डुब्न लाग्यो । भगवान विष्णु कूर्म अवतार धारण गरे र मन्दरा पर्वतलाई आफ्नो पछाडी राखे ।

 

देवता र दानवहरु मिलेर समुन्द्र मन्थन गर्दा सबैभन्दा पहिला सर्वाधिक बिषालु कालकूट बिष निस्कियो । शिव भगवानले जगत कल्याणको लागि कालकुटि बिष आफैले पिएर सारा जगतलाई बचाए । पछीसमुन्द्र मन्थनबाट धेरै चिजहरु बाहिर निस्किए । घोडा, कामधेनुगाई, वारुणी (मदिराकी देवी), अप्सराहरु प्राप्त भए, यसै क्रममा महालक्ष्मीको प्राप्त भयो जसकोविवाह भगवान बिष्णुसंग भयो, अन्त्यमादेवताको वैद्य धन्वन्तरी अमृतको घडालिएर प्रकट भए ।

 

यो घटनाक्रम पश्चात श्रीसूक्तंको विधिवत प्रकारले जागृत गरिएको पाईन्छ । अलग अलग युगमा फरक फरक ऋषि हरुद्वारा श्री सूक्तं जागृत हुदै आएको हो । यो प्रक्रिया पुरा भएपछी स्वयं लक्ष्मीजिले वेदमा भनिएको जस्तो प्रहब्रह्मा प्राप्तिको लागि श्रीबिध्या साधना गर्ने ईच्छा प्रकट गरेर कार्य सुरु गर्नुभयो । साधना पश्चात धेरै बर्षपछी स्वयं माता उहा समु प्रकट भएर माताले के वरदान प्राप्त गर्नुहुन्छ भनेर लक्ष्मीजीलाई भन्नुभयो र लक्ष्मीजीले म आफै स्वयं श्री हु, यो सृस्ठी नैमेरोमा निर्भर छ तसर्थ मलाई के चाहियो र बरु सदाको लागि म नै तपाईमा निहित समाहित हुनपाउ भन्नुभयो । ललिता माताले चाहेर पनि यो बरदान दिन सक्दिन किनकि सारा सृस्ठी नै श्री विहिन हुन्छ, सारा दुनियाको गास, बास, कपास नै बन्द हुन्छ कसरी बरदान दिउ तसर्थ आजबाट म नै हजुरभित्र समाहित हुन्छु भनेर समाहित भएको कुरा त्रिपुरासुन्दरमा पनि बताईएको छ। श्री सूक्तं नै महाबिध्या हुनेछ, म स्वयं हजुरभित्र समाहित भएर महालक्ष्मीबाट चिनिएर स्थिर रहनेछु भन्नुभयो ।

 

यसको निचोड यो होकी श्री सुक्तमको माध्यमबाट साधना गरियोभने लक्ष्मी माताको कृपामात्र होईन महाबिध्या ललिता त्रीपुरासुन्दरीको समेत कृपा प्राप्त हुन्छ र ब्रह्माण्डीय उर्जा प्राप्त गर्न सकिन्छ । योसर्वोच्चम तन्त्र बिद्या हो।श्री बिद्या साधनाको मुख्य अंगनै श्री सुक्तम साधना हो, श्री बिद्या साधना गर्नको निमित श्री सुक्तम साधना अनिबार्य हुन्छ ।

 

समर्प्रित भएर पञ्चाक्षरी मंत्र, श्री सुक्तम, श्री बिध्या अथवा जुनसुकै साधना गरेतापनि आमाकै चरणमा पुगिन्छ । वास्तुशास्त्रमा कुनैपनि घरको वास्तुचेक जाच गरिसकेपछी घरमा रहेको अलक्ष्मीलाई विदाई गरेर लक्ष्मीजीलाई घरमा स्थिर बनाउनको लागि प्रयोग गरिने रेमिडिज सिधै बजारबाट खरिद गरेर राख्न सकिदैन; मंत्रद्वारा जागृत गराउनुपर्छ तवमात्र यसले प्रभावकारी काम गर्छ । वेद मंत्र पढ्ने अधिकारप्राप्त दिछित वास्तुशास्त्री या कुनै मठमन्दिर गुरुकुलका पिठादिसद्वारावास्तु रेमिडिजलाई ऋग्वेदका मंत्रद्वारा जागृत गराउनु राम्रो हुन्छ ।

 

वैदिक तरिकाले शिलानाय्स गरिएको, वास्तुपुजा गरिसकिएको घरमा वास्तुपुरुषलाईस्थिररुपमा स्थापित गरिएको हुन्छ तसर्थ घरमा पुन: थप राम्रो बनाउने उदेश्यले घरको कुनै भागमा केहि रेमिडिज राख्दा वा चिरफार गर्दा वास्तुपुरुष जागा हुन्छन् । जागा गराईएको वास्तुपुरुषलाई तृप्ति गराउनको लागि वास्तुको वेद मन्त्रद्वारा मात्र सम्भव हुन्छ भन्ने कुरा वास्तुशास्त्रका ग्रन्थहरुमा समेत बताईएको छ । जागृत मंत्रको प्रयोग गरिएको वास्तु रेमिडिज घरमा प्रयोग गरी होम गरेपछी मात्र घरमा विराजमान वास्तुपुरुषलाई तृप्त गराउन सकिन्छ र फलस्वरूप घरमा सुख, शान्तिप्राप्त गर्न गराउन सहयोग पुग्छ । अनाथ्या जागा गराईएको वास्तुपुरुषलाई तृप्त गराईएनभने घरमा अलक्ष्मी अशान्ति, चंचलताको वर्चशस्व हुने सम्भावना रहन्छ ।

 

क्षुत्पिपासामलां ज्येष्ठामलक्ष्मीं नाशयाम्यहम् ।

अभूतिमसमृद्धिं च सर्वां निर्णुद मे गृहात् ॥८॥

 

भगवानको एक स्वरुप धुमावती; सेतो फुलेको जिन्ग्रिंग परेको कपाल, दिउसै तर्साउने जस्तो रुप, विधवा दुब्ली केही खान नपाएको जस्तो कुरूप अनुहार भएकी नारी, मसान घाटमा बस्ने, नराम्रो रथमा चढ्ने शरीर माथी काला काग बस्ने, भोक र तिर्खाले अंग कुरूप भएको बुढी, भोक प्यासले कमजोर, अलछिन, दरिद्रता, गरिबीयुक्त अलक्ष्मी धुमावतीलाई घरबाट विदाई गरेर मात्र लक्ष्मी भित्राउन सकिन्छ ।

 

वास्तुशास्त्र एक जटिल कार्य भएकोले कोहीपनि व्यक्तिले गलत कार्य गरेर कसैको घरमा सुख शान्ति गडबड नगरिदियोस भनेर वास्तुशास्त्रिलाई सिधै मृत्युदण्डकोसजाय तोकिएको कुरा वास्तुशास्त्रको महत्वपूर्ण ग्रन्थ सम्रांगसुत्रधारमा बताईएको छ। वास्तु रेमिडिजमा श्री सुक्तमलाई जागृत गराएर प्रयोग गर्न सकिन्छ । प्रत्यक देवीदेवताको गायत्री मंत्र हुन्छ, २८ ओटा प्रधान गायत्री मंत्र हुन्छन् । श्री सुक्तमको साधनागर्दा महालक्ष्मी गायत्री मन्त्रको जप अनिबार्य हुन्छ, मन्त्रद्वारा आहुति दीईन्छ। लक्ष्मी माता र माता ललिता समाहित भएकै कारण पनि श्री सुक्तम र गायत्री मन्त्रको एक आपसमा सम्बन्ध हुन्छ ।

 

साधनले व्यक्ति भित्रको फोहोरमैला, रिसरागलाई बिस्तारै हटाउदै जान्छ । यो संसारमा हामीले प्राप्त गर्नुपर्ने कुरा असंख्य छन्, केवल हामीले आफ्नो दिमागलाई संकुचित बनाएर माता लक्ष्मीलाई केवल धनसंगमात्र जोडिरहेका छौ । सही विधिविधान नै पालना नगरी केवल धनकोदृष्टिले मागिरहेका छौ । महालक्ष्मीले आफ्नो असल अनुयायीलाई समुन्द्र नै दिन खोज्नुहुन्छ तर हामी स्वयं माग्नेले एउटा लोटामा मागिरहेका छौ । धनधान्य, एश्वर्य, स्वास्थ्य, भोगविलास, सुखी सन्तान, भौतिक सुख, पराक्रम महालक्ष्मीको कृपा बाटनै प्राप्त हुन्छ । विधिविधानबाट गुरुको आदेशमा रही श्री सुक्तम साधना गर्दै गएमा माग्न पर्दैन स्वयं महालक्ष्मीले आवश्यक कुराहरुको मात्रा बुझेर वर्षा गरिदिनुहुनेछ । जय लक्ष्मीमाता

 

(लेखक सोती हिमवत्खण्ड वास्तुका अनुसन्धानकर्ता हुनुहुन्छ ।)

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
हेर्नुहोस् आज २०८२ असार २८ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ असार २८ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ असार २८ शनिवार ०५:५८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

समाजवादी र राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति

समाजवादी र राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति

वि.सं.२०८२ असार २७ शुक्रवार १२:५०

काठमाडौं: माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र वामदेव गौतम...

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

वि.सं.२०८२ असार २७ शुक्रवार १२:३६

काठमाडौं: नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि...

चार खर्बले बढ्यो एक वर्षमा नेपालको अर्थतन्त्र

चार खर्बले बढ्यो एक वर्षमा नेपालको अर्थतन्त्र

वि.सं.२०८२ असार २६ बिहीवार १४:३०

काठमाडौं: गत आर्थिक वर्षको तुलनामा यस वर्ष नेपालको अर्थतन्त्र चार...

अनुशासन समितिले नेताहरूलाई गरेको कारबाही विधान विपरीत र एकतर्फी भएको शेखर समूहको ठहर

अनुशासन समितिले नेताहरूलाई गरेको कारबाही विधान विपरीत र एकतर्फी भएको शेखर समूहको ठहर

वि.सं.२०८२ असार २६ बिहीवार १४:११

काठमाडौं: नेपाली कांग्रेस शेखर कोइराला समूहले पार्टीको केन्द्रीय अनुशासन समितिले...

रियललाई हराउँदै पिएसजी फाइनलमा, उपाधि भिडन्त चेल्सीसँग

रियललाई हराउँदै पिएसजी फाइनलमा, उपाधि भिडन्त चेल्सीसँग

वि.सं.२०८२ असार २६ बिहीवार ०९:४८

एजेन्सी: रियल मड्रिडलाई ४-० गोल अन्तरले हराउँदै अमेरिकामा जारी फिफा...