YouTube Link

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

Facebook Link

काठमाडौं: खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक मदन राई बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गरेको हो ।

 

परिवर्तित नाम बृत्त नयाँ बानेश्वरको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङले मुद्दा अघि बढाएका राईलाई पुर्पक्षका क्रममा धरौटीमा छाडिएको थियो । फाउन्डेसनमै राखिएका बालिकाहरूलाई बाल यौनदुरुपयोग गरेको कसुरमा राईलाई २०८० वैशाख २९ गते पक्राउ गरिएको थियो । त्यसपछि थुनछेकका क्रममा राई २०८० जेठ २२ गते धरौटीमा रिहा भएका थिए ।

 

त्यसबेला जिल्ला अदालत खोटाङका न्यायाधीश सुवासबाबु पुरीको इजलासले उनलाई चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर मुद्दाको अन्तिम छिनोफानोका क्रममा राई दोषी ठहर भएका हुन् । न्यायाधीश दाहालको इजालसले दोषी ठहर गरेका राईको कसुर ठहर र सजाय निर्धारणको लागि पेश गर्न पनि आदेश दिएका छन् ।

 

फाउन्डेसनका आवासीय छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा खोटाङ प्रहरीले राईलाई प्रहरीले २०८० वैशाख २९ गते नियन्त्रणमा लिएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउन्डेसनमा आवासीयरुपमा बसेर पढ्ने बालिका र किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा फाउण्डेशनबाटै राई प्रक्राउ परेपछि उनका समर्थकले विरोध प्रदर्शनसमेत गरेका थिए ।

 

पक्राउपछि राईमाथि एक जना पीडितले बालयौन दुरुपयोगसम्बन्धी कसुरअन्तर्गत दिएको उजुरी दर्ता गरेर कारबाहीको प्रक्रिया थालिएको थियो । कुटोकोदालोदेखि कम्प्युटरसम्म पढाइ हुने भनिएको विद्यालयको संरक्षक राईले आफूहरूको संवेदनशील अङ्गमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अङ्गमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्नेलगायत आरोपसहित पीडित पक्षले उजुरी दिएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...