YouTube Link

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

Khanepani Dhal
Facebook Link

काठमाडौं: खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक मदन राई बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गरेको हो ।

 

परिवर्तित नाम बृत्त नयाँ बानेश्वरको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङले मुद्दा अघि बढाएका राईलाई पुर्पक्षका क्रममा धरौटीमा छाडिएको थियो । फाउन्डेसनमै राखिएका बालिकाहरूलाई बाल यौनदुरुपयोग गरेको कसुरमा राईलाई २०८० वैशाख २९ गते पक्राउ गरिएको थियो । त्यसपछि थुनछेकका क्रममा राई २०८० जेठ २२ गते धरौटीमा रिहा भएका थिए ।

 

त्यसबेला जिल्ला अदालत खोटाङका न्यायाधीश सुवासबाबु पुरीको इजलासले उनलाई चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर मुद्दाको अन्तिम छिनोफानोका क्रममा राई दोषी ठहर भएका हुन् । न्यायाधीश दाहालको इजालसले दोषी ठहर गरेका राईको कसुर ठहर र सजाय निर्धारणको लागि पेश गर्न पनि आदेश दिएका छन् ।

 

फाउन्डेसनका आवासीय छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा खोटाङ प्रहरीले राईलाई प्रहरीले २०८० वैशाख २९ गते नियन्त्रणमा लिएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउन्डेसनमा आवासीयरुपमा बसेर पढ्ने बालिका र किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा फाउण्डेशनबाटै राई प्रक्राउ परेपछि उनका समर्थकले विरोध प्रदर्शनसमेत गरेका थिए ।

 

पक्राउपछि राईमाथि एक जना पीडितले बालयौन दुरुपयोगसम्बन्धी कसुरअन्तर्गत दिएको उजुरी दर्ता गरेर कारबाहीको प्रक्रिया थालिएको थियो । कुटोकोदालोदेखि कम्प्युटरसम्म पढाइ हुने भनिएको विद्यालयको संरक्षक राईले आफूहरूको संवेदनशील अङ्गमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अङ्गमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्नेलगायत आरोपसहित पीडित पक्षले उजुरी दिएको थियो ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
‘राष्ट्रको समृद्धि र जनताको सुख’लाई मैले ‘परिपूर्ण लोकतन्त्र’ भन्ने गरेको छु: प्रधानमन्त्री केपी शर्मा ओली

‘राष्ट्रको समृद्धि र जनताको सुख’लाई मैले ‘परिपूर्ण लोकतन्त्र’ भन्ने गरेको छु: प्रधानमन्त्री केपी शर्मा ओली

वि.सं.२०८१ फागुन ७ बुधवार १६:३३

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई सशक्त बनाएर नै मुलुकलाई...

सावित्रालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिने

सावित्रालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिने

वि.सं.२०८१ फागुन ७ बुधवार १६:०१

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राईकर सावित्रा भण्डारी ‘साम्बा’लाई...

सांसदको प्रश्नः हाम्रो स्वाभिमान कहाँ छ ?

सांसदको प्रश्नः हाम्रो स्वाभिमान कहाँ छ ?

वि.सं.२०८१ फागुन ६ मंगलवार १३:४६

काठमाडौं: भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी...

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि केआईआईटीमा विद्यार्थीहरूको हडताल जारी, कलेज फर्किन ८ बुँदे सर्त

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि केआईआईटीमा विद्यार्थीहरूको हडताल जारी, कलेज फर्किन ८ बुँदे सर्त

वि.सं.२०८१ फागुन ६ मंगलवार १२:५१

काठमाडौं: भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी...

कीर्गिस्तानमाथि नेपालको संघर्षपूर्ण जित

कीर्गिस्तानमाथि नेपालको संघर्षपूर्ण जित

वि.सं.२०८१ फागुन ५ सोमवार २२:३०

काठमाडौं: नेपालले कीर्गिस्तान विरूद्ध १-० गोल अन्तरको कठिन जित निकाल्दै...

लेबनानमाथि म्यानमारको सहज जित

लेबनानमाथि म्यानमारको सहज जित

वि.सं.२०८१ फागुन ५ सोमवार १७:०२

काठमाडौं: लेबनानलाई ३-१ गोल अन्तरले हराउँदै म्यानमारले फराकिलो जितसहित इन्टरनेसनल...