YouTube Link

पाकिस्तन–भारत आक्रमण र प्रतिकारको खतरा

Facebook Link

सन १९४७ मा भारत–पास्तिानक विभाजन भएयता निरन्तर अशान्त रहेको दुई देशबीचको सम्बन्धमा तनाव बढेको छ । भारत र पाकिस्तानबीच हवाई आक्रमण र प्रतिकारको सुरुवातले दक्षिण एसियामा युद्धको त्रास बढाएको छ । क्षेत्रीय शान्ति र स्थायित्वमा चिन्ता थपेको छ । नेपाल सरकारले दुवै छिमेकीलाई संयम अपनाउन र यस क्षेत्रको शान्ति र सुरक्षामा खतरा पु¥याउने कुनै पनि गतिविधिमा नलाग्न आग्रह गरेको छ । भारतीय वायुसेनाका लडाकु विमानले मंगलबार पाकिस्तान शासित कास्मिरको बालाकोट इलाकामा बम खसालेका छन् ।

पाकिस्तनका नेताले आप्नो फाइदा होइन, राष्ट्रिय स्वार्थ हेर्नुपर्ने र शान्ति वार्तामा आउनुपर्ने अन्तर्राष्ट्रिय दबाब नबढ्ने हो भने सबभन्दा धेरै गरिबहरू बस्ने यस क्षेत्रमा ठुलो क्षति पुग्नेछ । दुबै देशका नेतृत्वले सुझबुझका साथ युद्ध रोकेर वर्ताको मध्यमबाट समस्या समाधान गरि मुलुकलाई सत्यानाशको मर्गमा जानबाट बचाउनु पर्दछ ।

भारतले पाकिस्तानले आतंकवादीहरूलाई आश्रय दिइरहेको आरोप लगाएको छ भने पाकिस्तानले भारतले कश्मीरमा लाइन अफ कन्ट्रोल उल्लंघन गर्दै विवादरहित पाकिस्तानी क्षेत्रभित्र घुसपैठ गरेको आरोप लगाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका रक्षा मामिला सल्लाहकार अजित डोभलले सो आक्रमणको पुष्टि गर्दै भारतीय वायु सेनाका विमानले सीमा पार गरी बालाकोट इलाकामा रहेको जैस ए मोहमम्दको तालिम केन्द्र ध्वस्त पारेको र जैस ए मोहम्मदका थुप्रै लडाकु मारिएको दाबी गरेको छ भने पाकिस्तानी सेनाका मेजर जनरल असिफ गप्फुरले भारतीय वायुसेनाका लडाकु जहाजले सीमा उल्लंघन गरेर भित्र आउने बित्तिकै पाकिस्तानी सेनाले प्रतिकार गरेको र भारतीय जहाजले हतारमा फर्कने क्रममा खसालेको बम जंगलमा खसेकाले कुनै पनि क्षति नभएको दाबी गरे । साथै पाकिस्तानले दुईवटा भारतीय विमान समेत खसाएको साथै पकिस्तानको क्षेत्रमा खसेको विमानका एकजना पाईलटलाई नियन्त्रणमा लिएको बताईरहेको छ ।

केही साता अघि भारतीय भूमि कास्मिरको पुलवामा भएको आत्मघाती विस्फोटमा ४४ जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो । सो आक्रमणको जिम्मेवारी जैस ए मोहम्मदले लिएको थियो । जैस ए मोहम्मदका कमान्डर अजहर लामो समयदेखि पाकिस्तानमा बसिरहेको र पकिस्तानकै संरक्षणमा पुलवामामा आक्रमण भएको आरोप भारतको छ । भारतीले जैस ए मोहम्मदका लडाकुले फेरि अर्को ठूलो आत्मघाती आक्रमण गर्ने तयारी गरिरहेको भरपर्दो सूचनाका आधारमा आक्रमण गरिएको जनाएको छ ।

भारत र पाकिस्तानले आक्रमण र प्रत्याक्रमण गर्नुभन्दा यस समस्याको शान्तिपूर्ण समाधान खोज्नु अवश्यक छ । आक्रमण र प्रत्याक्रमणले दुई देशमा भएको तथा अब हुने मानवीय तथा आर्थिक क्षतिको सयौँ वर्षमा पनि भर्पाई हुने छैन । दुई देशबीचको तनावकै कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क लामो समयदेखि गतिहीन बनेको छ । पाकिस्तान संलग्न नरहेको वैकल्पिक क्षेत्रीय संगठनको अभ्यास हुन थालेको छ । सार्कले युद्ध रोक्न भूमिका खेल्न सक्ने अवस्था छैन । युद्धरत छिमेकीहरूलाई शान्तिपूर्ण वार्तामा बस्न उत्साही पार्नु भारत–पाक तनाव कम गर्दै विश्वासको वातावरण बनाउने संयन्त्र होस् भन्ने उद्देश्यले गठित सार्कको सम्भावना ब्युँताउन पनि सान्दर्भिक हुनेछ ।

दुई आणविक शक्ति–सम्पन्न राष्ट्रबीचको तनावको समाधान लडाइँबाट सम्भव नहुने हुदा शान्तिपूर्ण वैदेशिक सिद्धान्त अवलम्बन गरि दुवैले संवादकै माध्यमबाट आप्ना समस्याको स्थायी समाधान गर्नु जरुरी छ । भारत–पाकिस्तान युद्ध भए त्यसले युद्धरत दुई मुलुकलाई मात्र नभई छिमेकि मूलुकलाई समेत क्षति गर्दछ । दुवै देश बीचको आक्रमण र प्रतिकारको तनावलाई शान्तिपुर्ण वार्तामा फर्काउन आग्रह गर्नु हाम्रो मुलुकको पनि सुरक्षाको सरोकार हो ।

त्यसका लागि नेपालले पनि छिमेकी मुलुकहरूबीच एकमत कायम गराउन पहल गरि छरछिमेकको चासो प्रतिविम्बित गरिरहनु र विकसित घटनाक्रम प्रति चनाखो भइरहनु पर्ने देखिएको छ भने भारत र पाकिस्तनका नेताले आप्नो फाइदा होइन, राष्ट्रिय स्वार्थ हेर्नुपर्ने र शान्ति वार्तामा आउनुपर्ने अन्तर्राष्ट्रिय दबाब नबढ्ने हो भने सबभन्दा धेरै गरिबहरू बस्ने यस क्षेत्रमा ठुलो क्षति पुग्नेछ । दुबै देशका नेतृत्वले सुझबुझका साथ युद्ध रोकेर वर्ताको मध्यमबाट समस्या समाधान गरि मुलुकलाई सत्यानाशको मर्गमा जानबाट बचाउनु पर्दछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...