YouTube Link

नेयमारसहित ब्राजिलको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा

World Cup 2026
Facebook Link

एजेन्सीः विश्वकप खेल्नका लागि नेयमारसहित ब्राजिलको २६ सदस्यीय टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले यस गर्मीयाममा हुने विश्वकपका लागि टोली घोषणा गरेका हुन् । हाल ब्राजिलियन क्लब सान्तोसबाट खेलिरहेका ३४ वर्षीय नेयमार ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले १२८ खेलमा ७९ गोल गरेका छन् । तर चोटका कारण उनी २०२३ यता ब्राजिल टोली ‘सेलेसाओ’बाट खेलेका थिएनन् ।

 

यस पटक टोलीमा परेपछि नेयमारले चौथो विश्वकप खेल्ने भएका छन् । उनले यसअघि २०१४, २०१८ र २०२२ विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गरेका थिए । कार्लो एन्सेलोटीले रियो दि जेनेरियोमा आयोजित कार्यक्रममा टोली घोषणा गरेका थिए । नेयमारको नाम घोषणा हुँदा समर्थकहरूले खुसी व्यक्त गर्दै ठूलो ताली बजाएका थिए । ६६ वर्षीय एन्सेलोटीले भने, ‘हामीले पूरै वर्ष नेयमारको विश्लेषण गर्यौं । पछिल्लो समय उनले निरन्तर खेलिरहेका छन् र शारीरिक रूपमा पनि राम्रो अवस्थामा छन् भन्ने महसुस गर्यौं ।’

 

एलिसन बेकर पनि टोलीमा परेका छन्, यद्यपि उनी चोटका कारण लिभरपुलका पछिल्ला १० खेल गुमाएका थिए । त्यस्तै कासेमिरो र माथेउस कुन्हा (म्यानचेस्टर युनाइटेड), ब्रुनो गिमारेस (न्युक्यासल युनाइटेड), गाब्रिएल मागाल्हाएस (आर्सनल), इगोर थियागो (ब्रेन्टफोर्ड) र रायन (बोर्नमाउथ) पनि टोलीमा समावेश भएका छन् । तर जोआओ पेड्रो भने टोलीमा पर्न सकेनन् । उनले यस सिजन चेल्सीका लागि प्रिमियर लिगमा १५ गोल र पाँच असिस्ट गर्दै टोलीका सर्वाधिक गोलकर्ता बनेका थिए । अन्य खेलाडीमा भिनिसियस जुनियर (रियल म्याड्रिड), राफिन्हा (बार्सिलोना) तथा एन्ड्रिक पनि छन्, जो लियोनमा लोनमा खेलिरहेका छन् ।

 

पाँच पटकको विश्व विजेता ब्राजिलले समूह ‘सी’मा जुन १३ मा मोरक्को, जुन २० मा हाइटी र चार दिनपछि स्कटल्याण्डसँग खेल्नेछ । संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुने ४८ टोली सहभागी विस्तारित विश्वकप जुन ११ बाट सुरु हुनेछ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:१८

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८१/८२...

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:०३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक...

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

वि.सं.२०८३ जेठ ३ आइतवार ११:२७

शान्ति-सुरक्षा, अमन-चैन कायम राख्न अहोरात्र खट्दै मुलुकमा उत्पन्न हुनसक्ने आन्दोलन,...

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

वि.सं.२०८३ जेठ ३ आइतवार ०८:४२

काठमाडौं: सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...