YouTube Link

प्रधानमन्त्री ओली अयोध्या जालान् ?

World Cup 2026
Facebook Link
vision

प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ गतेदेखि मित्रराष्ट्र भारतको भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीलाई निमन्त्रा दिनका लागि भारतीय विदेश सचिव विक्रम मिश्री भाद्र १ गते नै आउने छन् । प्रधानमन्त्री हुँदा या नहुँदा ओलीको बोली तित्राको जस्तो भनेर नेपाली जगतले मात्रै होईन भारतले झन् इगोको रुपमा लिँदै आएको छ । ओलीको बोली चाहे राजनीतिक होस्, सीमाका विषयमा होस् या धार्मिक विषयमा भारतले गतिलैसाथ नजरअन्दाज गर्दै आएको छ । प्रधानमन्त्रीको यही बोलीका बाबजुद पनि एक वर्षपछि हुन लागेको भ्रमणले लामो समयको वैमनस्यतालाई अन्त्य गर्ने अपेक्षा गरिएको छ ।

 

विवादास्पद अभिव्यक्तिहरुबाट टाढिएको भारतले पटक–पटक परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भारत भ्रमणमा पठाएर निम्तोको अपेक्षा गरेका प्रधानमन्त्री ओलीलाई हातमा लागो शून्य भएको थियो । तर, अहिले भारत आफै निम्ता दिन विदेश सचिवलाई किन र के स्वार्थका लागि पठाउँदै छ भन्ने विषय पनि चौतर्फि चासोका साथ हरिँदैछ ।

 

एकथरी राजनीतिक विश्लेषकहरुका अनुसार नेपाली काँग्रेस र एमालेको गठबन्धन सरकार आगामी ०८४ सम्म निरन्तर जाने भएकाले पनि प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो बाध्यकारी भएको तर्क गर्छन् भने अर्काथरी विश्लेषकहरु पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणबाट फर्के लगतै दु्रतगतिमा राजनीतिक गतिविधिलाई बढाएर एमालेलाई चीनमय बनाउन या चीनमय वाम एकता गराएर उसको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक वर्चस्व स्थापना गराउँछ कि भन्ने डरले ८४ सम्मको बहुमत सरकारका प्रधानमन्त्रीलाई बोलाएर असल छिमेकीलाई बदल्न नहुने नीतिअनुसार निमन्त्रणा दिनुको विकल्प नरहेको तर्क गर्दछन् ।

 

प्रधानमन्त्री कसैको पालनकर्ता हुन जस्तो लाग्दैन । तर, पनि ८४ प्रतिशत ओमकार परिवारको आत्मामा चोट पुग्ने गरि गरिएको हल्का टिप्पणीले एमालेलाई नै घाटा पुर्याउँछ भन्ने कुरा पनि ख्याल राख्नु जरुरी छ । प्रधानमन्त्री केपी शर्मा ओली यस पटकको भारत भ्रमणमा आफ्ना बचन बद्धतामा कतिको अडिग हुन्छन् भन्ने विषय अहिले नेपाली जनमानसले चनाखो भएर बसेका छन् ।

 

प्रधानमन्त्री केपी ओलीलाई समकक्षी नरेन्द्र मोदीले बोलाउनु स्वार्थ नभई विगतका तिता अनुभवहरुलाई नेपाल–भारतबीचको मित्रतालाई अझ प्रगाढ, सुमधुर र विवादरहित बनाई राख्न पनि हुनसक्छ । श्रीलंका, माल्दिभ्स, भूटानलगायत एसियाली मुलुकहरु अझै पनि भारतको असल मित्रहरुको रुपमा चिनिदै आएका छन् । यसर्थ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणले नेपाल भारतको सम्बन्धलाई नकारात्मक असर त पार्ने हैन भनेर पनि काउण्टरको रुपमा प्रधानमन्त्री केपी ओलीलाई भ्रमणको निमन्त्रणा दिन खोजिएको तर्क पनि एक रहेको छ ।

 

अहिलेसमम नयाँ दिल्ली प्रधानमन्त्री ओलीसँग किन रुष्ट थियो र छ भन्ने विषय दुई तीन कारण टडकारो छ, एक चुच्चे नक्साको विषयमा प्रधानमन्त्री ओलीले भन्दै आएका र भनिरहेका छन्, पहिले हामीले भोग चलन गरेको भूभाग, हामीसँग तिरो तिरेको प्रमाण छ, जनसंख्याको रेकर्ड छ, त्यहाँका जनताले २०१५ सालको चुनावमा भोट खसालेका छन्, सुगौलीको सन्धिअनुसार त्यो भूभाग हाम्रो हो, के यो चुनावी इष्टन होर, यो केही भोट पाउनका लागि नक्सामा छापिएको होर, केही भोट पाउनका लागि संविधान संशोधन गरिएको होर भन्ने तर्क गरिरहेका छन् । तर, नेपालको नक्सामा चुच्चे नक्सा राखिए लगतै भारतले पनि आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सामा नेपालको चुच्चे नक्सालाई समेटेर नक्सा जारी गरेपछि र मानसरोवर जाने बाटोसमेत निर्माण भएपश्चात अहिले नेपालका कुनै डिप्लोम्याट र राजनीतिज्ञहरुले कुरा उठाउने हैसियत देखाएको थाहा छैन ।

 

त्यस्तै अन्य सीमाका विषयमा भारतपक्षले निर्धारण गरेको सीमा बाहिर गएर नेपाली भूमिमा भारतीय सेनाको बुट बजार्दा हामी चुप लगेर बस्नुपर्ने जस्ता तर्कहरु दिँदै आएका छन् भने धार्मिक क्षेत्रमा पनि रामजन्मभूमिको विषयलाई लिएर वाकयुद्ध नै चलिरहेको छ । उत्तर प्रदेश अयोध्यामा रहेको  राममन्दिरमा विश्वभरी छरिएर रहेका हिन्दुहरू त्यहाँ दर्शन गर्न जान्छन् । सीतालाई लिन त्यहीँबाट जन्ती लिएर जनकपुर आएको विश्वास गर्छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली भगवान रामको जन्मभूमि चितवनको ठोरीमा भएको दाबी गरेका गरिरहेका छन् ।

 

भारतको यस कदमले नेपालको जनकपुरधामस्थित जानकी मन्दिर र यसको ऐतिहासिक पक्षलाई भने ओझेलमा पार्ने देखिन्छ । यस विषयलाई लिएर नेपाल सरकारले केही प्रतिकृया दिएको छैन । सीमा तथा धार्मिक विषयमा खरो रुपमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा हुने भारत भ्रमणमा उक्त विषय उठान गर्ने हिम्मत राख्छन् त ?

 

राम ठोरी मै जन्मेका हुन, सत्य कुरा बोल्न कि डराउने, यसरी डराउन थालियो हामी कहाँ पुग्छौँ । तर, अयोध्यामा रामको मन्दीर निर्माण भएपछि हिन्दूधर्मावलम्बीहरुको ध्यान त्यहीँ केन्द्रति भएको छ र दर्शन गर्न लाखौको संख्यामा पुगिरहेका छन् । धार्मिक दृष्टिकोणले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोर चरित्र देखा परेका छन्, एकातिर उनी हिन्दूधर्म पनि धर्म होर भनेर अन्तर्वार्ता दिन्छन् भने अर्कातिर ठोरीमा राम–जानकीको मन्दिर स्थापना गर्छन्, पशुपतिमा सुनको जलहरी चढाउँछन् । विभिन्न ठाउँमा शिवका आलिशान मूर्तिको स्थापना गर्दछन् । प्रधानमन्त्री कसैको पालनकर्ता हुन जस्तो लाग्दैन । तर, पनि ८४ प्रतिशत ओमकार परिवारको आत्मामा चोट पुग्ने गरि गरिएको हल्का टिप्पणीले एमालेलाई नै घाटा पुर्याउँछ भन्ने कुरा पनि ख्याल राख्नु जरुरी छ । प्रधानमन्त्री केपी शर्मा ओली यस पटकको भारत भ्रमणमा आफ्ना बचन बद्धतामा कतिको अडिग हुन्छन् भन्ने विषय अहिले नेपाली जनमानसले चनाखो भएर बसेका छन् ।

 

प्रधानमन्त्रीको दुई दिने भ्रमणको तय भए पनि भारतीय पक्षले पछिल्लो समय भ्रमण थप एक दिन लम्ब्याउन गरेको प्रस्ताव आए पनि प्रधानमन्त्री कार्यालयले केही जवाफ दिएको छैन । नयाँ दिल्लीद्वारा प्रस्तावित मितिमा प्रधानमन्त्री ओली भारत जाने भएपछि भ्रमणको तयारी सुरु भएको छ । भ्रमणका कार्यक्रम के–कसो हुने विषयमा दुवै पक्षले छलफल थालेका छन् । नयाँ दिल्लीले प्रधानमन्त्री ओलीको भारत भ्रमण एक दिन थप्न प्रस्ताव गर्नुको उद्देश्य कतै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई मध्ये प्रदेशको उज्ज्वेनस्थित महाकालेश्वर मन्दिरको दर्शन गराएको थियो । त्यसरी नै प्रधानमन्त्री ओलीलाई तिमीले जिकिर गरेको राम जन्मभूमि चितवनको ठोरी हैन, रामजन्मभूमि यही अयोध्याय हो भनेर प्रमाणित गर्न त हैन भनेर तर्क गर्न थालिएको छ । के यो अवस्था आयो भने प्रधानमन्त्री ओली अयोध्यायमा निर्मित राम मन्दिरको दर्शन गर्न तयार हुनुहुन्छ ? यो सवालको जवाफका लागि प्रधानमन्त्री ओलीको भ्रमणसम्म कुर्नुपर्ने हुन्छ ।

 

उता हालसालै भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले साउन २३ गते (शुक्रबार) बिहारको सीतामढी जिल्लास्थित पुनौरा धाममा जानकी मन्दिरको पुनर्विकास परियोजनाको शिलान्यास गरेका थिए । जुन क्षेत्रलाई भारतले माता जानकीको जन्मस्थल मान्दै आएको छ ।  भारतको राज्य मन्त्रिपरिषद्ले जुलाई १ मा मन्दिर परिसरको एकीकृत विकासका लागि ८८२ दशमलव ८७ करोड रुपैयाँ बजेट अनुमोदन गरेको थियो । अधिकारीहरूका अनुसार कुल रकममध्ये १३७ करोड रुपैयाँ भारु पुरानो मन्दिर र यसको परिसरको विकासमा खर्च गरिनेछ भने ७२८ करोड रुपैयाँ पर्यटनसँग सम्बन्धित गतिविधिहरूमा प्रयोग गरिनेछ ।

 

भारत सरकारले बिहारस्थित पुनौरा धामलाई जानकीको जन्मस्थलको रूपमा मान्यता दिन थालेको यकिन मिति तथा ऐतिहासिक सरकारी निर्णय दस्ताबेजमा उल्लेख छैन । तर पछिल्ला केही दशकमा बिहार सरकारले यो मान्यतालाई मजबुत रूपमा अघि सारेको छ । खासगरी भारतले सन् २०२३ तिर यो स्थललाई जानकीको जन्मथलो मान्दै यस स्थानको उन्नयन र पुनर्विकासका नाममा बजेट खर्चिँदै आइरहेको छ । यद्यपि पुनौरा धामलाई भारतले रामायण सर्किटअन्तर्गत भने समावेश गर्ने निर्णय गरेको थियो ।  भारतको यस कदमले नेपालको जनकपुरधामस्थित जानकी मन्दिर र यसको ऐतिहासिक पक्षलाई भने ओझेलमा पार्ने देखिन्छ । यस विषयलाई लिएर नेपाल सरकारले केही प्रतिकृया दिएको छैन । सीमा तथा धार्मिक विषयमा खरो रुपमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा हुने भारत भ्रमणमा उक्त विषय उठान गर्ने हिम्मत राख्छन् त ?

{सडक सदन साप्ताहिकबाट}

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

वि.सं.२०८३ जेठ ३ आइतवार ११:२७

शान्ति-सुरक्षा, अमन-चैन कायम राख्न अहोरात्र खट्दै मुलुकमा उत्पन्न हुनसक्ने आन्दोलन,...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

सुरक्षा संयन्त्रमाथि हचुवाको भरमा अस्वभाविक प्रतिशोध

सुरक्षा संयन्त्रमाथि हचुवाको भरमा अस्वभाविक प्रतिशोध

वि.सं.२०८२ चैत १३ शुक्रवार १४:११

भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शन र क्षतिबारे...