‘संघर्ष नगरी कहीँ पुगिँदैन’
वि.सं.२०८२ भदौ ३ मंगलवार १३:११
681
sharesसुरुदेखि नै मैले फुटबल दाईहरुबाट सिकेको हुँ । त्यो बेला दाईहरुसँग फुटबल खेल्ने सायद म एकजना मात्रै महिला थिएँ । दाईहरुको खेल हेरेर म पनि खेलाडी बन्नुपर्छ भन्ने लाग्थ्यो । मैले दाईहरुबाटै फुटबल सिकेको हो । केटाहरुको बिचमा फुटबल खेल्न निक्कै गाह्रो विषय हो । म केटाहरुको बिचमा पुगेर फुटबल खेल्दा हाम्रो समाजसमेत राम्रो मानेको थिएन । त्यति मात्रै होइन, मैले केटाहरुसँग फुटबल खेलेको कुरा घरपरिवाससम्म पुर्याउने काम गर्थे ।
घरमा पनि दुनियाँले यसरी हामीलाई तिम्रो बारेमा कुरा सुनाउछन्, तिमी आयिन्दा खेल्न नजाउ भनेर भन्नु हुन्थ्यो । तैपनि मैले खेल्न छोडिन । भागिभागि भएपनि फुटबल खेल्न पुग्थे । त्यो बेला मैले खेल्न छोडेको भए आज म यो स्थानसम्म आउने थिइन । समाज, घर परिवार, यताउता सबै चुनौतीहरु सामना गर्दै अघि बढे । फुटबल खेल्न छोडिन । यदि अरुको कुरा सुनेर मैले हार खाएको हुन्थे भने म यहाँसम्म कसरी आउन सक्थे । समाजका कुरा नसुनेर फुटबलप्रतिको लगावलाई प्रमुख ठाने । फुटबलमा मेरो भविष्य छ भन्ने सोचे । केटाहरुले खेल्न सक्छन् भने मैले किन नसक्ने ? मैले पनि खेल्न सक्छु भन्ने आँट गरेर फुटबल खेल्न सुरु गरेकी थिएँ ।
मेरो जिन्दगी भनेको फुटबल हो । चलचित्र भनेको निक्कै पछि बनेको कुरा हो । आफ्नै कथामा बनेको चलचित्र भएर मात्रै अभिनय गरेकी हुँ । खासमा मेरो रोजाई भनेको फुटबल हो । फुटबलकै कारण म चलचित्रमा देखिन पाएँ । चलचित्र निर्माण टिमले मेरो जीवन कथालाई राम्ररी उर्तानु भएको रहेछ । आफ्नै कथामा आधारित चलचित्र खेल्न पाए । त्यहि चलचित्रबाट धेरै बहिनीहरु मबाट प्रभावित भएका छन् । हामीले पनि केही गरौं भनेर सोचिरहेका छन् । मैले यस्ता धेरै आवाजहरु सुन्न पाएँ । मेरो जीवनकथामा आधारित चलचित्रले महिलाहरुका निम्ति राम्रो काम गर्यो ।
जिन्दगी कहिले काही नसोचेको कुराहरु पनि हुँदा रहेछन् । जिन्दगीमा मैले कहिल्यै पनि चलचित्र खेल्छु भन्ने सोचेकी थिइन । मेरो नाममा चलचित्र बन्छ भनेर सोचेको थिइन । साथै मैले यो पनि सोचेको थिइन, देशको प्रतिनिधित्व गर्ने राष्ट्रिय टिमको क्याप्टेन बन्छु । म जहिले पनि एउटै कुरा सोच्छु, जिन्दगीमा जे हुन्छ, राम्रैको लागि हुन्छ । जुन बेला म पाँच वर्षको थिएँ ।
जिन्दगी कहिले काही नसोचेको कुराहरु पनि हुँदा रहेछन् । जिन्दगीमा मैले कहिल्यै पनि चलचित्र खेल्छु भन्ने सोचेकी थिइन । मेरो नाममा चलचित्र बन्छ भनेर सोचेको थिइन । साथै मैले यो पनि सोचेको थिइन, देशको प्रतिनिधित्व गर्ने राष्ट्रिय टिमको क्याप्टेन बन्छु । म जहिले पनि एउटै कुरा सोच्छु, जिन्दगीमा जे हुन्छ, राम्रैको लागि हुन्छ । जुन बेला म पाँच वर्षको थिएँ । त्यो बेला मेरो बाबा र आमा अलग हुनु भएको थियो । त्यो बेलादेखि नै मैले केही गर्नुपर्छ भन्ने लाग्थ्यो । विस्तारै बाटोहरु पनि खुल्दै गयो । बाबाले हामीलाई छोडेर जानुभयो भनेर कहिल्यै पनि नराम्रो सोचिन । जे हुन्छ, राम्रैको लागि हुन्छ भनेर सोच्न थाले । अहिले धेरै कुरा नसोचेकै भइरहेको छ । आज म धेरै खुशी छु ।
मलाई यो स्थानसम्म आउन मेरो आमाको निक्कै ठूलो हात र साथ रहेको छ । आमा भन्ने शब्दको गरिमा नै बेग्लै छ । आमाकै कारण म यो स्थानसम्म आएकोमा गर्व लाग्छ । आमाको कारण मैले सबथोक प्राप्त गरिरहेको छु । यस अवसमा आमा सम्मान र सम्झिन्छु । संघर्ष नगरेर केही पनि प्राप्त हुँदैन । हरेक मान्छेका आफ्नै संघर्षका कथा हुन्छन् । मेरो आफ्नै खालको संघर्षको कथा छ । तपाईँहरुका पनि कथा छन् । हरेकले बाँच्नका निम्ति, केही गर्नका निम्ति संघर्ष त गरिरहेकै हुन्छौँ । मेरो नामको जुन चलचित्र बन्यो, त्यो चलचित्र हेर्नु भएका दर्शकलाई मेरो जीवनकथा राम्रोसँग हेर्नुभएको छ । जतिले हलमा पुगेर हेर्नुभयो, त्यो बाहेकलाई युट्युवमा आउला । त्यहाँ हेरेर पनि मेरो बारेमा बुझ्न सक्नु हुनेछ ।
नेपाली महिला फुटबलको यो स्थानमा आउन सजिलो पक्कै थिएन । इलामदेखि काठमाडौँसम्म आउनसमेत गाह्रो थियो । त्यो स्थितिबाट आजको यो सफलता हासिल गर्नका निम्ति धेरै नै चुनौतिहरुको सामना गर्नुपरेको थियो । त्यहिमाथि हामी छोरी मान्छे । छोरा मान्छे जसरी जहाँ पायो त्यहि, जसरी पायो त्यसरी, जोसँग पायो, त्योसँग हिड्न पनि नसकिने । धेरै प्रकारका बन्धनमा बाँधिएर यहाँसम्म आइपुगेकी हुँ । समाजका मूल्य मान्यता छन् । छोरी भएर यो गर्ने ? उ गर्ने ? भन्ने खालको संक्रिणता छ । यस्ता तमाम बाधा र व्यवधानलाई पञ्छाउदै यहाँसम्म आउनुका पछाडि मेरो आमा हुनुहुन्छ । पछिल्लो समय नेपाली महिला फुटबललाई दर्शले दिएको माया हो ।
मलाई यो स्थानसम्म आउन मेरो आमाको निक्कै ठूलो हात र साथ रहेको छ । आमा भन्ने शब्दको गरिमा नै बेग्लै छ । आमाकै कारण म यो स्थानसम्म आएकोमा गर्व लाग्छ । आमाको कारण मैले सबथोक प्राप्त गरिरहेको छु । यस अवसमा आमा सम्मान र सम्झिन्छु । संघर्ष नगरेर केही पनि प्राप्त हुँदैन । हरेक मान्छेका आफ्नै संघर्षका कथा हुन्छन् । मेरो आफ्नै खालको संघर्षको कथा छ । तपाईँहरुका पनि कथा छन् ।
पछिल्लो समय म देशको प्रतिनिधित्व गर्ने मात्र नभएर ग्रिसमा पुगेर गेम खेलिरहेकी छु । युरोप पुग्ने र ए डिभिजन लिगको प्रतियोगिता खेल्छु भन्ने पनि सोचेको थिइन । यसरी मेरो जीवनमा नसोचेको धेरै नै कुराहरु भइरहेको हुँदा निक्कै खुशी लागेको छ । जो जुन क्षेत्रमा छौँ, त्यो क्षत्रमा अब्बल सावित गर्ने कोसिस गरौं । संघर्ष गर्न नछोडौँ ।
हामीले महिला फुटबललाई माथि उठाउने प्रयास गरिरहेका छौँ । विश्व वरियताको सूचिमा नेपालले राम्रो सुधार गरेको अवस्था छ । पहिले हामी सयौँ स्थानमा थियौँ भने अहिले ८७औँ स्थानमा आइपुगेका छौँ । यो हाम्रो सफलता हो । भोलिका दिनमा हामीले राम्रो गर्दै गयौँ भने यहाँभन्दा राम्रो वरियतामा उग्लिने छौँ । साथै हामीले विश्वकप खेल्ने सपना पुरा गर्नेछौँ । हामीले नै नसकेपनि आउँदै गरेको नयाँ बहिनीहरुले त्यो सपना पूरा गर्नुहुनेछ । २० वर्ष मूनिका महिला फुटबलर निक्कै राम्रो छन् । हाम्रोबीचमा समस्या छन् । विभिन्न परिस्थिति छन् । यीनीहरुलाई छोडेर हाम्रो लक्ष्यमा पुग्नेगरी मेहनत र संघर्ष जारी राख्नुपर्छ । संघर्ष नगरी कहीँ पुगिँदैन । समाजको कुरा सुन्ने हो, तर आफ्नो काम गर्ने हो । अरुका कुरा सुनेर त्यसैमा हराउने होइन । आफ्नो लक्ष्यलाई प्रमुख ठान्नुपर्छ ।
(अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले आयोजना गरेको उत्सव–डाइभर्सिटी कार्निभल कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी क्याप्टेन रहिसकेकी एन्जिला तुम्बाप्पो सुब्बाले राखेको मन्तव्य ।) {सडक सदन साप्ताहिकबाट}
वि.सं.२०८२ भदौ ३ मंगलवार १३:११



















