YouTube Link

‘संघर्ष नगरी कहीँ पुगिँदैन’

World Cup 2026
Facebook Link
vision

सुरुदेखि नै मैले फुटबल दाईहरुबाट सिकेको हुँ । त्यो बेला दाईहरुसँग फुटबल खेल्ने सायद म एकजना मात्रै महिला थिएँ । दाईहरुको खेल हेरेर म पनि खेलाडी बन्नुपर्छ भन्ने लाग्थ्यो । मैले दाईहरुबाटै फुटबल सिकेको हो । केटाहरुको बिचमा फुटबल खेल्न निक्कै गाह्रो विषय हो । म केटाहरुको बिचमा पुगेर फुटबल खेल्दा हाम्रो समाजसमेत राम्रो मानेको थिएन । त्यति मात्रै होइन, मैले केटाहरुसँग फुटबल खेलेको कुरा घरपरिवाससम्म पुर्याउने काम गर्थे ।

 

घरमा पनि दुनियाँले यसरी हामीलाई तिम्रो बारेमा कुरा सुनाउछन्, तिमी आयिन्दा खेल्न नजाउ भनेर भन्नु हुन्थ्यो । तैपनि मैले खेल्न छोडिन । भागिभागि भएपनि फुटबल खेल्न पुग्थे । त्यो बेला मैले खेल्न छोडेको भए आज म यो स्थानसम्म आउने थिइन । समाज, घर परिवार, यताउता सबै चुनौतीहरु सामना गर्दै अघि बढे । फुटबल खेल्न छोडिन । यदि अरुको कुरा सुनेर मैले हार खाएको हुन्थे भने म यहाँसम्म कसरी आउन सक्थे । समाजका कुरा नसुनेर फुटबलप्रतिको लगावलाई प्रमुख ठाने । फुटबलमा मेरो भविष्य छ भन्ने सोचे । केटाहरुले खेल्न सक्छन् भने मैले किन नसक्ने ? मैले पनि खेल्न सक्छु भन्ने आँट गरेर फुटबल खेल्न सुरु गरेकी थिएँ ।

 

मेरो जिन्दगी भनेको फुटबल हो । चलचित्र भनेको निक्कै पछि बनेको कुरा हो । आफ्नै कथामा बनेको चलचित्र  भएर मात्रै अभिनय गरेकी हुँ । खासमा मेरो रोजाई भनेको फुटबल हो । फुटबलकै कारण म चलचित्रमा देखिन पाएँ । चलचित्र निर्माण टिमले मेरो जीवन कथालाई राम्ररी उर्तानु भएको रहेछ । आफ्नै कथामा आधारित चलचित्र खेल्न पाए । त्यहि चलचित्रबाट धेरै बहिनीहरु मबाट प्रभावित भएका छन् । हामीले पनि केही गरौं भनेर सोचिरहेका छन् । मैले यस्ता धेरै आवाजहरु सुन्न पाएँ । मेरो जीवनकथामा आधारित चलचित्रले महिलाहरुका निम्ति राम्रो काम गर्यो ।

 

जिन्दगी कहिले काही नसोचेको कुराहरु पनि हुँदा रहेछन् । जिन्दगीमा मैले कहिल्यै पनि चलचित्र खेल्छु भन्ने सोचेकी थिइन । मेरो नाममा चलचित्र बन्छ भनेर सोचेको थिइन । साथै मैले यो पनि सोचेको थिइन, देशको प्रतिनिधित्व गर्ने राष्ट्रिय टिमको क्याप्टेन बन्छु । म जहिले पनि एउटै कुरा सोच्छु, जिन्दगीमा जे हुन्छ, राम्रैको लागि हुन्छ । जुन बेला म पाँच वर्षको थिएँ ।

 

जिन्दगी कहिले काही नसोचेको कुराहरु पनि हुँदा रहेछन् । जिन्दगीमा मैले कहिल्यै पनि चलचित्र खेल्छु भन्ने सोचेकी थिइन । मेरो नाममा चलचित्र बन्छ भनेर सोचेको थिइन । साथै मैले यो पनि सोचेको थिइन, देशको प्रतिनिधित्व गर्ने राष्ट्रिय टिमको क्याप्टेन बन्छु । म जहिले पनि एउटै कुरा सोच्छु, जिन्दगीमा जे हुन्छ, राम्रैको लागि हुन्छ । जुन बेला म पाँच वर्षको थिएँ । त्यो बेला मेरो बाबा र आमा अलग हुनु भएको थियो । त्यो बेलादेखि नै मैले केही गर्नुपर्छ भन्ने लाग्थ्यो । विस्तारै बाटोहरु पनि खुल्दै गयो । बाबाले हामीलाई छोडेर जानुभयो भनेर कहिल्यै पनि नराम्रो सोचिन । जे हुन्छ, राम्रैको लागि हुन्छ भनेर सोच्न थाले । अहिले धेरै कुरा नसोचेकै भइरहेको छ । आज म धेरै खुशी छु ।

 

मलाई यो स्थानसम्म आउन मेरो आमाको निक्कै ठूलो हात र साथ रहेको छ । आमा भन्ने शब्दको गरिमा नै बेग्लै छ । आमाकै कारण म यो स्थानसम्म आएकोमा गर्व लाग्छ । आमाको कारण मैले सबथोक प्राप्त गरिरहेको छु । यस अवसमा आमा सम्मान र सम्झिन्छु । संघर्ष नगरेर केही पनि प्राप्त हुँदैन । हरेक मान्छेका आफ्नै संघर्षका कथा हुन्छन् । मेरो आफ्नै खालको संघर्षको कथा छ । तपाईँहरुका पनि कथा छन् । हरेकले बाँच्नका निम्ति, केही गर्नका निम्ति संघर्ष त गरिरहेकै हुन्छौँ । मेरो नामको जुन चलचित्र बन्यो, त्यो चलचित्र हेर्नु भएका दर्शकलाई मेरो जीवनकथा राम्रोसँग हेर्नुभएको छ । जतिले हलमा पुगेर हेर्नुभयो, त्यो बाहेकलाई युट्युवमा आउला । त्यहाँ हेरेर पनि मेरो बारेमा बुझ्न सक्नु हुनेछ ।

 

नेपाली महिला फुटबलको यो स्थानमा आउन सजिलो पक्कै थिएन । इलामदेखि काठमाडौँसम्म आउनसमेत गाह्रो थियो । त्यो स्थितिबाट आजको यो सफलता हासिल गर्नका निम्ति धेरै नै चुनौतिहरुको सामना गर्नुपरेको थियो । त्यहिमाथि हामी छोरी मान्छे । छोरा मान्छे जसरी जहाँ पायो त्यहि, जसरी पायो त्यसरी, जोसँग पायो, त्योसँग हिड्न पनि नसकिने । धेरै प्रकारका बन्धनमा बाँधिएर यहाँसम्म आइपुगेकी हुँ । समाजका मूल्य मान्यता छन् । छोरी भएर यो गर्ने ? उ गर्ने ? भन्ने खालको संक्रिणता छ । यस्ता तमाम बाधा र व्यवधानलाई पञ्छाउदै यहाँसम्म आउनुका पछाडि मेरो आमा हुनुहुन्छ । पछिल्लो समय नेपाली महिला फुटबललाई दर्शले दिएको माया हो ।

 

मलाई यो स्थानसम्म आउन मेरो आमाको निक्कै ठूलो हात र साथ रहेको छ । आमा भन्ने शब्दको गरिमा नै बेग्लै छ । आमाकै कारण म यो स्थानसम्म आएकोमा गर्व लाग्छ । आमाको कारण मैले सबथोक प्राप्त गरिरहेको छु । यस अवसमा आमा सम्मान र सम्झिन्छु । संघर्ष नगरेर केही पनि प्राप्त हुँदैन । हरेक मान्छेका आफ्नै संघर्षका कथा हुन्छन् । मेरो आफ्नै खालको संघर्षको कथा छ । तपाईँहरुका पनि कथा छन् ।

 

पछिल्लो समय म देशको प्रतिनिधित्व गर्ने मात्र नभएर ग्रिसमा पुगेर गेम खेलिरहेकी छु । युरोप पुग्ने र ए डिभिजन लिगको प्रतियोगिता खेल्छु भन्ने पनि सोचेको थिइन । यसरी मेरो जीवनमा नसोचेको धेरै नै कुराहरु भइरहेको हुँदा निक्कै खुशी लागेको छ । जो जुन क्षेत्रमा छौँ, त्यो क्षत्रमा अब्बल सावित गर्ने कोसिस गरौं । संघर्ष गर्न नछोडौँ ।

 

हामीले महिला फुटबललाई माथि उठाउने प्रयास गरिरहेका छौँ । विश्व वरियताको सूचिमा नेपालले राम्रो सुधार गरेको अवस्था छ । पहिले हामी सयौँ स्थानमा थियौँ भने अहिले ८७औँ स्थानमा आइपुगेका छौँ । यो हाम्रो सफलता हो । भोलिका दिनमा हामीले राम्रो गर्दै गयौँ भने यहाँभन्दा राम्रो वरियतामा उग्लिने छौँ । साथै हामीले विश्वकप खेल्ने सपना पुरा गर्नेछौँ । हामीले नै नसकेपनि आउँदै गरेको नयाँ बहिनीहरुले त्यो सपना पूरा गर्नुहुनेछ । २० वर्ष मूनिका महिला फुटबलर निक्कै राम्रो छन् । हाम्रोबीचमा समस्या छन् । विभिन्न परिस्थिति छन् । यीनीहरुलाई छोडेर हाम्रो लक्ष्यमा पुग्नेगरी मेहनत र संघर्ष जारी राख्नुपर्छ । संघर्ष नगरी कहीँ पुगिँदैन । समाजको कुरा सुन्ने हो, तर आफ्नो काम गर्ने हो । अरुका कुरा सुनेर त्यसैमा हराउने होइन । आफ्नो लक्ष्यलाई प्रमुख ठान्नुपर्छ ।

(अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले आयोजना गरेको उत्सव–डाइभर्सिटी कार्निभल कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी क्याप्टेन रहिसकेकी एन्जिला तुम्बाप्पो सुब्बाले राखेको मन्तव्य ।) {सडक सदन साप्ताहिकबाट}

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

वि.सं.२०८३ जेठ ३ आइतवार ११:२७

शान्ति-सुरक्षा, अमन-चैन कायम राख्न अहोरात्र खट्दै मुलुकमा उत्पन्न हुनसक्ने आन्दोलन,...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

सुरक्षा संयन्त्रमाथि हचुवाको भरमा अस्वभाविक प्रतिशोध

सुरक्षा संयन्त्रमाथि हचुवाको भरमा अस्वभाविक प्रतिशोध

वि.सं.२०८२ चैत १३ शुक्रवार १४:११

भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शन र क्षतिबारे...