Texas College
YouTube Link

एमसीसी विकल्पको रूपमा खनिजसँग सम्बन्धित जनशक्ति तयार गरि समृद्ध राष्ट्र बनाऔं

Facebook Link
vision

नेपाल खनिज जस्ता प्राकृतिक स्रोत साधनले सम्पन्न मुलुक हो । खनिजको उत्खनन र प्रयोग विना कुनैपनि राष्ट्रको औद्योगिकरण र त्यसपछिको समृद्धि सम्भव छैन । खनिजको सर्वेक्षण, उत्खनन, प्रशोधन एवं उपयोग गर्ने देशको मूल नीति हुनुपर्छ ।

 

नेपाल मै पहिलो पटक भूमिगत उत्खनन भएको ऐतिहासिक फलाम खानी पर्वतमा वि.सं २०१५ सम्म संचालन भएको थियो । सन् १९२१ मा भोटसँग युद्ध गर्न रामेछापको ठोँसेमा राणा प्रधानमन्त्री देव शमशेरले युद्धका लागि हतियार बनाउने कारखाना खोलेका थिए । त्यसबेला त्यहाँ १८ वटा ठाउँबाट खनिज निकालेर प्रशोधन गरी ठोँसेको मेक्चेनमा दैनिक ९ नाल बन्दुक तयार गरिन्थ्यो ।

 

सन् १९५० अगाडि राणाकालीन समयमा भौगर्भिक ज्ञान भएका जनशक्ति नेपालमा थिएन र विदेशीलाई पनि अध्ययन अनुसन्धान गर्न अनुमति दिँदैन, तर नेपालमा राणा ब्रिटिसको सम्बन्ध राम्रो भएकोले जिओलोजिकल सर्वे अफ इन्डियाका भूगर्भविद् मध्ये नेपाल आउने पहिलो भूगर्भविद् जे.डी. हुकरले अनुसन्धान गरेका थिए । राणा शासन अन्त्यपछि विश्वका विभिन्न देशबाट नेपालमा अध्ययन हुन थाल्यो ।

 

सन् १९६१ मा सरकारले खानी अड्डालाई विस्तार गरी खानी ब्युरोमा परिवर्तन गरेर सन् १९६७ मा नेपाल भौगर्भिक सर्वेक्षण संस्थाको स्थापना गरियो । सन् १९७७ अर्थात् वि. सं. २०२४ मा खानी ब्युरो र भौगर्भिक सर्वेक्षण संस्था एकत्रित गरी खानी तथा भूगर्भ विभाग स्थापना भयो । सन् १९६७ मा नै त्रिविको स्नातक तहमा र सन् १९७६ देखि स्नाकोत्तर तहमा भगर्भ शास्त्र विषयको अध्यापन थालनी भएको हो ।

 

नेपाल मै पहिलो पटक भूमिगत उत्खनन भएको ऐतिहासिक फलाम खानी पर्वतमा वि.सं २०१५ सम्म संचालन भएको थियो । सन् १९२१ मा भोटसँग युद्ध गर्न रामेछापको ठोँसेमा राणा प्रधानमन्त्री देव शमशेरले युद्धका लागि हतियार बनाउने कारखाना खोलेका थिए । त्यसबेला त्यहाँ १८ वटा ठाउँबाट खनिज निकालेर प्रशोधन गरी ठोँसेको मेक्चेनमा दैनिक ९ नाल बन्दुक तयार गरिन्थ्यो ।

 

ढुङ्गा, गिट्टी, बालुवा, युरेनियम, पेट्रोलियम पदार्थ, दुर्लभ धातु, ग्यास, कोइला, सृङ्गारिक रत्नपत्थर, जिङ्क, फलाम, तामा, अभ्रख, सीसा, चुनढुङ्गा, मार्वल जस्ता खनिज एवं जलस्रोत जस्ता अथाह प्राकृतिक स्रोत साधनले भरिपूर्ण मुलुक भएर पनि उचित खोज, अनुसन्धान अन्वेषण तथा प्रविधिको अभावले माल पाएर चाल नपाएको जस्तो भएको छ । खानी तथा भूगर्भ विभाग तथा त्रिभूवन विश्वविद्यालयको अध्ययन अनुसार नेपालमा कम्तिमा २१ प्रकारका खनिज धातु, २३ प्रकारका औद्योगिक खनिज, ६ प्रकारका रत्न खनिज, ४ प्रकारका इन्धन खनिज र ९ प्रकारका निर्माण खनिज गरी ६३ प्रकारका खनिज रहेको रहेको छ । जसमध्ये कतिपय खनिजको विस्तृत अध्ययन भई परिमाण समेत एकिन भैसकेको छ भने कतिपय ठाउँमा खनिजमा आधारित केही उद्योगहरु स्थापना भैसकेका छन् ।

 

वि.सं. २०३३ मा पहिलो पटक काठमाढौंको चोभारमा चुनढुङ्गामा आधारित हिमाल सिमेन्ट कम्पनीको स्थापना पछि कृषि चुन उद्योग, हेटौडा सिमेन्ट उद्योग, उदयपुर सिमेन्ट उद्योग, नेपाल ओरेण्ट म्याग्नेसाइट, नेपाल मेटल कम्पनी जस्ता उद्योगहरु स्थापना भएर पनि अहिले केही उद्योग मात्रै संचालित छ ।

 

विभिन्न खनिजहरुको सर्वेक्षण गर्न ५०० भन्दा बढि कम्पनीहरुलाई खोजतलास र उत्खननको अनुमति खानी तथा भूगर्भ विभागले दिएपनि अनुमतिको तुलनामा खनिज उद्योगको स्थापना नगण्य मात्रामा भएको छ । स्थापित उद्योगहरु पनि खँस्किदै विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय तथा प्रशासनिक र प्राविधिक निहुँमा बन्द भएका छन् ।

 

सन् १९८० मा नै विश्व बैंक तथा क्यानेडियन सरकारको सहयोगमा सम्पूर्ण तराई र चरे पर्वत सृङ्खलामा पेट्रोलियम अन्वेषण कार्यले पेट्रोलियम खानी फेला परेपछि सन् १९८६ देखि १९९० सम्म पूर्वी नेपालमा ३५२० किमि सम्म ड्रिल गरेपछि विविध कारण बीचैमा छाड्नुपर्या । यसरी नेपालमा पनि आफै उत्पादन गरेर होस् वा विदेशबाट आयात गरेर होस् खनिजको उपयोग दिनदिनै बढिरहेको छ ।

 

नेपालको गुणस्तरीय उत्पादित सामानले अन्तर्राष्ट्रिय मान्यता र ख्याति पाएपछि विविध निहुँ पारेर प्राविधिक तथा अन्य कर्मचारीको हडताल, बन्द जस्ता गतिविधिले खनिज उद्योग बन्द पुग्यो । यसरी हरेक वर्ष खनिज आयातमा कूल बजेटको एक तिहाई भाग रकम विदेशिएको छ ।

 

वि.सं. २०३३ मा पहिलो पटक काठमाढौंको चोभारमा चुनढुङ्गामा आधारित हिमाल सिमेन्ट कम्पनीको स्थापना पछि कृषि चुन उद्योग, हेटौडा सिमेन्ट उद्योग, उदयपुर सिमेन्ट उद्योग, नेपाल ओरेण्ट म्याग्नेसाइट, नेपाल मेटल कम्पनी जस्ता उद्योगहरु स्थापना भएर पनि अहिले केही उद्योग मात्रै संचालित छ ।

 

विश्वको व्यापार तथा राजनीतिक इतिहासमा खनिजका कारण ठूल्ठूला द्वन्द्व भएको छ । सुडानमा भएको पेट्रोलियमका कारण द्वन्द्व  भई वि.सं. २०६८ असार २६ मा विभाजित हुन पुग्यो । कंगोको गृहयुद्धमा कोल्टन र हिराजस्ता खनिजले भूमिका खेलेको थियो भने विभिन्न पृथकतावादी युद्ध पनि खानीकै कारण भएका हुन् । सन् १९९८ मा अक्सफोर्डका प्राध्यापक पल कोली र एन्क होलरले प्राकृतिक स्रोतको सम्पन्नताले युद्धको खतरा निम्त्याउँछ भनेका छन् –जहाँ प्राकृतिक स्रोत छैन त्यहाँ युद्ध हुने सम्भावना ०.५% मात्र हुन्छ, प्राकृतिक स्रोतबाट राष्ट्रिय कूल ग्रार्हस्थ उत्पादनमा २६% भन्दा बढि योगदान भएको देशमा २३% भन्दा बढि युद्ध हुने सम्भावना समेत छ भनेका छन् ।

 

अब विश्वमा युद्धको आडमा अरु देश र त्यहाँको प्राकृतिक स्रोत माथि हैकम र कब्जा गर्न पूर्णतः निषेध गरिएको छ । यस्तो अवस्थामा अमेरिकाको पूँजीपतिहरुको निर्देशनमा अमेरिकी सेनाको प्रत्यक्ष उपस्थिति तथा निगरानीमा विकासोन्मुख देशहरुलाई आर्थिक सहगोग गर्ने बाहनामा तयार भएको सहस्राब्दी चुनौति परियोजना अर्थात् मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा सम्झौता भएको देशका औषधीवान जडिबुटी लगायत सम्पूर्ण प्राकृतिक तथा बौद्धिक सम्पतिमा अमेरिकाको रजाइँ हुने प्रष्ट प्रावधान नै छ ।

 

यो प्रावधानले विश्वमै दुर्लभ तथा बहुमुल्य युरेनियमको अथाह भण्डार तथा औषधीजन्य जडिबुटी प्राकृतिक रूपमै उत्पादन रहेको नेपाल एमसीसी पाससँगै अमेरिकी सेनाहरूको दादागिरीले जहिल्यै अशान्ति, तथा तिनीहरूको व्यवहारले आक्रान्त हुनुपर्ने हुन्छ ।

 

नेपालमा सन् १९६७ मा नै त्रिविको स्नातक तहमा र सन् १९७६ देखि स्नाकोत्तर तहमा भूगर्भ शास्त्र विषयको अध्यापन थालनी केही मात्रामा भए पनि अन्वेषण, उत्खनन, प्रशोधन तथा प्रयोगशाला सम्बन्धि विस्तृतकृत पढाइ नहुँदा त्यहाँबाट उत्पादित जनशक्तिले भौगर्भिक नक्सांकन बाहेक अरु केही गर्न असमर्थ भएपनि खनिज अन्वेषण, उत्खनन, प्रशोधन तथा प्रयोगशालालाई आवश्यक पर्ने माईनिज ईन्जिनियरिङ, मेटालुर्जिकल ईन्जिनियरिङ, जियोफिजिक्स, जियो केमेस्ट्री, रिमोट सेन्सिङ जस्ता विषयको अध्यापन हुन सकेको छैन ।

 

सरकारले उद्योग र शैक्षिक संस्था एक अर्काको परिपूरक हुन भन्ने कुरालाई आत्मसाथ गर्न सकेको र्छन । विद्यालय स्तरका कक्षामा खनिज पदार्थको उपलब्धता बारे जानकारीमुलक अध्ययन अध्यापन गरे तापनि कक्षा ११/१२ तथा विश्वविद्यालयको शिक्षामा खनिजसँग सम्बन्धित विशेषज्ञ तथा जनशक्ति उत्पादनलाई प्राथमिकता दिन सकेको छैन । र नेपालमा उपलब्ध खनिजको अध्ययन अध्यापन नभए तापनि विदेशमा खनिज विषयको अध्ययनका लागि विशेष छात्रवृत्तिको व्यवस्था दिएर नेपालमा विस्तारै खनिजको विशेषज्ञ तयार गरिनुपर्छ ।

 

यसर्थ सरकारले एमसीसी सम्झौताको भरोसा नगरी खारेज गर्दै विकल्पको रूपमा नेपालमा उपलब्ध खनिजको वैज्ञानिक तरिकाले भरपूर प्रयोग गरी सुखी र समृद्ध राष्ट्र निर्माणका लागि खनिजसगँ सम्बन्धित माईनिङ ईन्जिनियरिङ, मेटालुर्जिकल ईन्जिनियरिङ, जियोफिजिक्स, जियो केमेस्ट्री, रिमोट सेन्सिङ जस्ता विषयका विविध ईन्जिनियर उत्पादन तथा आवश्यक काम गर्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्छ ।

 

– सूर्यमढी-९, भक्तपुर

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...