YouTube Link

प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप-२०७८ हुँदै

Facebook Link

काठमाडौं: रिभाईभ लिजरपार्कको स्थापनाको उपलक्ष्यमा ‘प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८’ अशोज १ गते देखि हुने भएको छ ।

 

पार्कको आफ्नै कभर्डहलमा हुने च्याम्पियनसिपले कोभिडबाट प्रभावित खेलाडीहरुलाई पुनर्ताजगी बनाउने आकांक्षा गरिएकोछ ।

 

सकारात्मक र स्वस्थ जीवन जिउने उत्प्रेरणाका साथ आयोजना गर्न लागिएको च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शिर्ष २० देखि बाहेकका पुरुष युगल र ४० बर्ष माथिीका भेटरान्स युगल गरि ४ विधामा खुल्ला प्रतियस्पर्धा हुने छ ।

 

च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरु, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरि तीन विभागिय टिम, विभिन्न संघ संस्था, क्लब, नेपालमा बसोबास गर्दै आईरहेका विदेशी खेलाडीहरुलाई पनि सहभागिता गराईने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

 

नेपाल ब्याडमिन्टन संघको स्विकृती तथा प्राविधिक सहयोगमा हुने च्याम्पियनसिपमा दुई सय बढि खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।

 

करिव १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । पुरुष एकल र महिला एकलका विजयी शिर्ष तीनले नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् ।

 

यस्तै पुरुष युगल तर्फ शिर्ष तीन स्थान प्राप्त जोडीले नगद ५० हजार, २५ हजार र १० हजार तथा ४५ बर्ष माथीको भेटरान्स युगल तर्फ शिर्ष तीन जोडीले नगद २५ हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् ।

 

च्याम्पियनसिपका दौरान कोभिड १९ को उच्च संक्रमणलाई ध्यानमा राखी सम्पूर्ण सरकारी मापदण्डलाई पालाना गर्दै प्रतियोगिता आयोजना गरिने आयोजकले जानकारी गराए ।

 

केवल नाफा कमाउनु मात्र नभई नेपालीहरुलाई शारीरिक, मानसिक रुपमा स्वस्थ राख्नु तथा नेपाली खेलकुद क्षेत्रलाई उकास्न विभिन्न राष्ट्रिय स्तरका प्रतियोगिताहरु आयोजना तथा बालबालिकाहरुलाई उच्च स्तरको प्रशिक्षणको ब्यवस्था गरि नेपाललाई अन्तराष्ट्रिय पदक दिलाउने खेलाडीहरु उत्पादन गर्नु र निजी क्षेत्रबाट नेपाल सरकारको खेलकुद विकासको अभियानलाई सहयोग पुर्याउने उद्धेश्य रहेको हो प्रेश विज्ञप्तीमा जनाईएको छ ।

 

च्याम्पियनसिपलाई आन्तरिक, राष्ट्रिय खेलकुद परिषद्, नेपाल सरकार, विभिन्न बित्तिय संस्थाहरुको आर्थिक सहयोग रहने सम्मेलनमा बताईएको छ ।

 

कोभिडका कारण खेलाडीहरुले आफ्नो कौशलतालाई उजागर गर्न नपाईरहेको अवस्थामा च्याम्पियनसिप आयोजना गर्न लागिएकोमा आयोजकप्रति आभार प्रकट गर्दै नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले संघले भौतिक र प्राविधक सहयोग गर्ने बताए ।

 

च्याम्पियनसिपका लागि खेलाडी छनौट बारेमा प्रश्न गर्दा अध्यक्ष श्रेष्ठले जिल्ला तथा प्रदेशले उत्कृष्ट खेलाडीहरुलाई च्यामिपयनसिमा प्रतिस्पर्धा गराउने बताए ।

 

सवै मिलेर च्याम्पियनसिपलाई भब्यतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने विश्वास लिएको प्रतियोगिता आयोजक कमिटिका अध्यक्ष शुक्र पाखरिनले बताए । उनले विभिन्न संचार माध्ययमले यस च्याम्पियनसिपमो समाचार संम्प्रेषण गरि सफल पार्ने बिश्वास लिएको बताए ।

 

प्रतियोगितामा सहभागी खेलाडीहरुका लागि बसोबास, यातायात र खानाको ब्यवस्था सहभागी खेलाडी, क्लब, जिल्ला तथा प्रदेश स्वयंगले गर्नुपर्ने छ ।

 

करिव १८ करोड लगानी रहेको रिभाईभ लिजर पार्क हेल्थ क्लबको कम्पाउण्ड भित्र ब्याडमिन्टन हल, जुडो, कराते, उसु हल, स्विमिङ्गपुल, जिम, जुम्बा हल, साउना स्टिम, मसाज थेरापी, सैलुन पार्लर लगायत बि.एण्ड बि. रुम, सेमिनार, पार्टिहल सहित रेस्टुरेण्ट समेत रहेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...