YouTube Link

कोरोना महामरीसँग जोगिएर बाँच्ने शिक्षा आवश्यक

Facebook Link
vision

देशभर कोरोना भाईरसको संक्रमण फैलने क्रम तिव्र रुपमा बढिरहको छ भने उतिकै संक्रमणबाट निको हुनेको संख्या पनि बढिरहेको हामीले समाचारमा सुन्न, हेर्न र पढ्न पनि पाईरहेका छौ । बढ्दो संक्रमणलाई कसरी नियन्त्रण गर्ने भन्ने सरकारसँग कुनै कार्य योजना देखिएको छैन । निषेधाज्ञ जारी गरेर आम नागरिकलाई घरमै थुनेर राख्दा उल्टो भोकले मर्ने अवस्था सिर्जना भएको छ । राजधानीमा यसको प्रभाव दिनप्रतिदिन बढिरहेको अवस्था छ ।

कोरोना कहरले भारतबाट आत्तिएर नेपाल फर्किएका पश्चिम नेपालतिरका नेपाली मजदुरहरु चाडबाडको मुखैमा पनि पेट पाल्नैका लागि आफ्नो लालाबाला च्यापेरै रोजगारीका लागि भारत जान बाध्य छन् । अर्कातिर कोरोना नियन्त्रण गर्न लकडाउन तथा निषेधाज्ञ सफल पार्नेतर्फ मात्र सरकारको ध्यान केन्द्रित हुँदा सुत्केरी, गर्भवती तथा अत्यावश्यक सेवा नभई नहुने अन्य वर्ग समस्यामा परेका छन् ।

देशभर फेरि पनि निषेधाज्ञाको नाममा आम नागरिकलाई घरभित्रै थुन्ने प्रवृत्तिलाई बढावा दिने हो भने विद्रोहको नयाँ रुप देखिन सक्छ । बालबालिकाको शिक्षामा र आम नागरिकको भोको पेटले खानै नपाउने अवस्था आए नागरिकहरु बाध्य भएर सडकमा ओर्लन सक्छन् । सर्वसाधारण सडकमै ओर्लने अवस्था आयो भने संक्रमण अझै भयावह हुन सक्छ । 

कोरोनाको बहानामा समयमै उपचार नपाउँदा बन्दाबन्दीको अवधिमा दर्जनौं सुत्केरीको अनाहकमै ज्यान गुमाउनु परेको विभिन्न सञ्चारमाध्यमबाट प्रकाशन तथा प्ररशारण भएको हामीले सुनेका छौं । गर्भवती महिलाहरुले नियमित स्वास्थ्य सेवा नपाउँदा कष्टकर जीवन व्यतित गर्न विवश छन् ।

हुन त कोरोना संक्रमणले विश्वमा त्रास बढिरहेको छ । दैनिकजसो हजारौले ज्यान गुमाई नै रहेका छन् । त्यसकै जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले निषेधाज्ञ अर्थात् बन्दाबन्दी त गर्यो तर खेती किसानी गर्ने, व्यापार व्यवसायमा संलग्नहरुका लागि थप आम्दानी र कारोबारमा समस्या बढेको छ । ज्याला मजदुरी गर्नेहरुका हकमा भने साँझ विहान के खाने भन्ने मै चिन्ता थपिएको छ । ज्याला मजदुरी गरेर मात्र पेट भर्ने मजदुरका लागि रोगको संक्रमण भन्दा पनि भोककै पिरले आत्महत्यासम्मको बाटो रोजेका छन् ।

देशभर बन्दाबन्दीले बालबालिकाहरुको शिक्षामा पनि अन्यौलता थपिएको छ । कोरोना भाइरसका कारण शिक्षा क्षेत्रमा ठूलो असर पुगेको छ । लकडाउनले स्थगित भएका परीक्षा सञ्चालन हुन सकेका छैनन् । कोरोना महामारीले धेरै विद्यार्थीको मनस्थितिमा खलल पुर्याएको छ । अबको शिक्षा क्षेत्र के हुने भन्दै विद्यार्थीहरु चिन्तित छन् । कतिपय विद्यालयहरूले अडियो भिडियो मार्फत कक्षा त सञ्चालन गर्दै आएको छन् । त्यस प्रकारको पद्धतिलाई दुरदराजका विद्यार्थीहरुलाई कसरी शिक्षामा समेट्ने भन्ने पनि थप चुनौति देखिन्छ ।

ईन्टरनेटको पहुँच नपुगेका दुरदराजका विद्यार्थीहरुका लागि पनि थप व्यवस्थित गरेर अनलाइन भिडियो कक्षा मार्फत पठनपाठनमा जोड दिनुपर्ने बेला आएको छ । त्यसका लागि स्थानीय तहका निकायले आफ्ना विद्यालय र विद्यार्थीको तथ्यांक संकलन गरी उनीहरूको सूचना प्रविधिमा पहुँच भएको वा नभएको पहिचान गर्नुपर्ने देखिन्छ । यस्तै, इन्टरनेट पहुँच भएका विद्यार्थीका लागि सोही अनुरूप पठन–पाठन गर्न सकिने हुँदा त्यसलाई पहिचान गर्न स्थानीय निकायले शीघ्र रूपमा त्यस तर्फ कदम चाल्नु आवश्यक देखिन्छ ।

देशभर फेरि पनि निषेधाज्ञाको नाममा आम नागरिकलाई घरभित्रै थुन्ने प्रवृत्तिलाई बढावा दिने हो भने विद्रोहको नयाँ रुप देखिन सक्छ । बालबालिकाको शिक्षामा र आम नागरिकको भोको पेटले खानै नपाउने अवस्था आए नागरिकहरु बाध्य भएर सडकमा ओर्लन सक्छन् । सर्वसाधारण सडकमै ओर्लने अवस्था आयो भने संक्रमण अझै भयावह हुन सक्छ । आम नागरिकलाई विस्तारै कोरोनासँगै जोगिएर बाँच्ने शिक्षा आवश्यक छ । कोरोनाविरुद्ध खोप तयार नभएसम्म कोरोनासँग सचेतनाका साथ जोगिनुको विकल्प छैन ।

यो पनि पढ्नुहोस्ः निषेधाज्ञको रणनीति र विकल्प अपनाउनु आवश्यक

यो पनि पढ्नुहोस्ः लकडाउन वर्तमान समस्याको समाधान हो त ?

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...