YouTube Link

वेश्या र महावेश्या

Facebook Link
vision

विपन्नमा कोही शरीर बेच्छिन्, तर मनको भने उनी कुमारी हुन्छिन् । कोहीकोही सम्पन्नतामा पनि आफ्नो शरीर बेच्छिन, बेच्छन् तर पैसाको लागि होइन । केवल ऊ आफ्नो यौवनको आगो निभाउँन चहान्छिन्/ चहान्छन् विपरित लिङ्बाट ।

तर कोहीकोही यी दुबैमध्ये कुनै गर्दिनन्/गर्दैनन् तर पनि ऊ व्यभिचार गरिरहन्छिन्/गरिरहन्छन् तर शरीरले होइन, केवल मनले । तर पनि उ बाहिरबाट पवित्र देखिरहेको हुन्छ । समाजको चश्मामा । तर उसैलाई थाहा छ कि ऊ कत्तिको पवित्र अथवा दूषित भन्ने कुरा । यिनीहरू, यौनप्यासको तन्द्रमा लठ्ठिरहेको हुन्छ । भित्रभित्रै यौनको कुहिएको तालमा मनमनै गोता लगाईरहेको हुन्छ ।

तर समाजहरू, वेश्यालाई मात्रै घृणा गर्छन् । एकतर्फी वेश्यालाई मात्रै, घृणा र पतितको चश्माबाट हेर्छन् । फेरि त्यही समाजभित्रबाट केही व्यक्ति भने, त्यही वेश्याहरूबाट यौनप्यास मेटाई तृप्त हुन्छन् । जबकी, उनीहरूको घरमा धर्मपत्नी रहन्छ र खुट्टा धुएर पानी खाइ, लोग्नेको लामो आयुको प्रार्थाना गर्छन् । तर पुरुषहरू उनै पवित्रपत्नीलाई धोका दिइरहेको हुन्छ । तर व्यभिचारीको तुस भने कहिल्यै मरेको हुन्न त्यस्ता पुरुषहरूमा ।

यदि, वेश्या बन्नु घृणित काम हो भने, वेश्यहरूसँग गई यौनप्यास मेटाएर आउने पुरुषहरू कसरी साध्य हुन सक्छ ? पुरुषहरू, वेश्या नै भएपनि, एकछिनको चरम आनन्द लिएर तृप्त हुन चहान्छन् तर त्यही वेश्यालाई, अर्धाङ्गिनी बनाउन भने कदापी स्वीकार्दैनन् ।

किनकि, उनीहरू आफ्नो पत्नीमा सतीत्व खोज्छन् । तर आफूहरू भने, आफ्नो पतित्व गुमाएका हुन्छन् । पत्नीहरू भने, पतित्व गुमाएका पतिहरूलाई पनि स्वीकार्नु बाध्य हुनुपर्छ । यो हो हाम्रो खोक्रो आदर्शको कालो डरलाग्दो वास्तविकता ।

तर यही घृणित काम पत्नीहरूले गरेको भए, पतिहरू आफ्ना पत्नीहरूलाई घर निकाला गरिदिन्छ । के शुद्धता भनेको केवल नारीहरूले मात्रै राख्नु पर्ने हो र ? पुरुषहरूको कुनै दायित्व हुन्न यसमा ? सोही काम मजबुरीमा गरे नारीहरूले, वेश्या कहलिने, तर त्यही वेश्याबाट तृप्त हुने पुरुषहरू भने, अगेना माथिको ओभानोको ओभानो नै रहिरहने ।

कोहीकोही पत्नीहरू पनि छन् यस्ता, आफ्ना रामजस्ता पतिलाई विश्वासघातको थाङ्नामा सुताएर पर पुरुषसँग यौनप्यास मेटाई आफू तृप्त हुन्छिन् र पतिलाई शंकासम्म हुन दिदिनन् । पतिको नजरको सामुन्ने एक कुशल प्यारी अर्धाङ्गिनी पतिव्रतताको अभिनय गरिरहने यस्ता स्त्रीको पनि, मनबाट व्यभिचारको तुस कहिल्यै हराएर जाँदैन ।

जबकी, विपन्नतमा वेश्यवृत्ति गर्ने र सम्पन्नतामा यौनप्यास मेटाउने दुबैको स्त्रीको यौनाङ्ग र परस्त्रीसङ्ग यौनप्यास मेटाउने पुरुषको यौनाङ्गमा कुनै भिन्नता छैन । आखिरी सन्तुष्ट हुनेचीज भनेको स्खलन नै त हो ।

फेरि किन यिनीहरू सन्तुष्ट हुन्नन् ? यिनीहरूमा किन यसरी निकोटिनको तलतल जिउँदो भएर जन्मिरहन्छ ? यसरी यौनतृप्त भएपछि पनि ।

मत भन्छु, यस्ता स्त्री र पुरुषहरू झनै, महाको वेश्या हुन् । किनकि, यिनीहरूमा धोका र विश्वासघातको कालो पर्दा लागेको हुन्छ । तर वेश्यामा भने, इमान्दारीको खुला नीलो आकाश भेटिन्छ ।

फेरि किन वेश्यामात्रै, घृणाको पात्र बनिरहनु पर्ने ? वेश्याहरू शरीरले व्यभिचारी गर्छ तर मनमा व्यभिचार हुँदैन । तर जसले शरीरले गर्दैन व्यभिचार, तर उसको मनले भने व्यभिचार गरिरहेको हुन्छ । केवल उसको मनको व्यभिचारको तुस भने सँधै बसिरहन्छ ।

अब भन्नुस् ए समाज हो ! को हो ठूलो व्यभिचारी ? शरीरबाट गर्नेकी, मनबाट गर्ने व्यभिचार ठूलो ? अभाव अथवा वाध्यतामा, शरीरको व्यापार गर्ने वेश्या कि केवल यौनतृप्त हुनको लागि, आफ्नै विश्वासलाई, तिलाञ्जली दिने वेश्या ? जसले मनबाट व्यभिचार गरिरहेको हुन्छ । अवश्य नै उसले शरीरबाट व्यभिचार गरेरै छाड्छ, मौका परे । उनीहरू घरको कुखुरालाई शिकार गर्न, घर अगाडिको दाउराको कुन्युमा लुकेर बसेको चतुरो स्याल झैं त हुन् ।

अब भन्नुस् तपाईहरू नै, को हो ठूलो वेश्या ? त्यो हिसाबले हेर्ने हो भने त म वेश्यालाई बिलकुलै पवित्र देख्छु । किनकि, उनीहरूमा छलकपट र धोका भन्ने चीजहरू बिलकुलै हुँदैहुँदैन । जस्तो जे छ, छ । उनीहरू सिसाजस्तै पार्दर्शी देखिन्छन् ।

किनकि, वेश्याहरू भन्न सक्छ, आफूलाई वेश्या हुँ भनेर । वेश्यालयमा, वेश्याहरूलाई आफू कुमारित्व रहेको प्रमाण पेश गरिरहनु पर्दैन । तर मनका व्यभिचारी पुरुष र स्त्रीहरू भने, धोकाको कालो पर्दाभित्र लुकेर यौनको खेल खेलिरहेको हुन्छ । विश्वासलाई नै विश्वासघातको धारले रेटिरहेको हुन्छ । आफूलाई समाजको सामुन्ने निर्वस्त्र भएर स्वीकार्न सक्तैनन् । उनीहरू आफ्नो लोग्ने र स्वास्नीलाई सत्य कुरा भनेर पानी परेर छ्याङ् आकाश भएजस्तो छ्याङ्ग हुनै सक्तैनन् उनीहरू ।

त्यसैले, उनीहरू वेश्याहरू भन्दा पनि महाको वेश्याहरू हुन् ।

किनकि, मोक्ष भन्ने कुरा शरीरले होइन, मनदेखि हुनुपर्दो रहेछ । जसको मनमा तुस रहिरहन्छ, उसले मोक्षको बाटो कहिल्यै पाउँदैन ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
भाषाको सजाय “मेषी दण्ड”

भाषाको सजाय “मेषी दण्ड”

वि.सं.२०८१ साउन २० आइतवार ०८:२०

ईतिहासको साक्षी मेषी दण्ड  ईतिहास जित्नेहरुको मात्र लेखिन्छ हार्नेहरुको मेटिन्छ...

तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो

तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो

वि.सं.२०८१ जेठ २४ बिहीवार १७:३३

  नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन...

श्याँदर पिदार यथार्थ: भ्रम र निराकरणको उपाय बारे एक चर्चा परिचर्चा

श्याँदर पिदार यथार्थ: भ्रम र निराकरणको उपाय बारे एक चर्चा परिचर्चा

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:४४

१. श्याँदर कि चण्डी ? अर्थ, कारण र सच्चिनुपर्ने कारणः...

यो मुलुकमा धर्मयुद्ध त हुन दिनै हुँदैन

यो मुलुकमा धर्मयुद्ध त हुन दिनै हुँदैन

वि.सं.२०८० फागुन २१ सोमवार १२:०५

अहिले धर्मको बहस खुब चलिराखेको छ । हामीले हिन्दू-मुश्लिम, शिख,...

पिकनिक, पिकनिक अनि पिकनिक कत्तिको रमाईलो भयो त ?

पिकनिक, पिकनिक अनि पिकनिक कत्तिको रमाईलो भयो त ?

वि.सं.२०८० माघ २८ आइतवार १२:०३

पिकनिक, पिकनिक अनि पिकनिक । चाहे स्कुल होस्, चाहे कलेज,...

गैर आवासीय नेपाली नागरिकताः कार्यान्वयनमा  सहज बनाऔँ

गैर आवासीय नेपाली नागरिकताः कार्यान्वयनमा  सहज बनाऔँ

वि.सं.२०८० मंसिर २८ बिहीवार १४:५५

२० वर्ष पहिले  गैर आवासीय नेपाली संघको स्थापना भए देखि...