YouTube Link

स्तनपान गराउँदा सौन्दर्यमा ह्रास होइन, स्तन क्यासर, स्वास्थ्य समस्यालाई कम गर्दछ

Facebook Link
vision

नवजात शिशुका लागि आमाको दुध अमृत सरह हुन्छ । आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्वहरु पाइन्छ । जसको सेवनले बच्चाको शरीर तथा मानसिक विकासमा मद्दत पुग्दछ । स्तपानले बच्चा र आमाबीचको आत्मियता र मायाको सम्बन्ध स्थापित गराउँछ । यति मात्र नभई स्तनपान गर्न पाउनु नवजात शिशुको नैसर्गिक अधिकार पनि हो । तर स्तनपानको अवस्था केलाउने हो भने यसको अवस्था निकै दयनीय देखिन्छ ।

स्तनपानको अवस्था

संसारभर जन्मेको पहिलो घण्टामै स्तनपान नगराइने शिशुको संख्या ७ करोड ८० लाख छ । यो पाँचमध्ये तीन शिशुको संख्या हो । यी मध्ये धेरै शिशुहरु निम्न र मध्यम आय भएका देशहरुमा पर्दछन् । विश्वमा ६ महिनाभन्दा कम उमेरका बालबालिका मध्ये जम्मा ३८ प्रतिशतले मात्र पूर्ण स्तनपान गर्न पाएको तथ्याङ्कले देखाउँछ । शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराई सक्नुपर्ने हो तर नेपालमा अहिले पनि झण्डै ४५ प्रतिशत सुत्केरी आमाहरुले सो अवधिभित्र स्तनपान गराएको पाइदैन ।

नेपालको जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार, जीवनको पहिलो एक घण्टामा स्तनपान गराउनेको संख्या प्रदेश नं. ७ मा सबैभन्दा धेरै ७०.७ प्रतिशत छ भने प्रदेश नं. २ मा सबैभन्दा कम ४५.३ प्रतिशत मात्र देखिन्छ । प्रदेश नं. २ मा जन्मिएका शिशुहरु मध्ये लगभग आधालाई उनीहरुको जीवनको पहिलो तीन दिनमा मह, पानी, अन्य दूध जस्ता पदार्थहरु खुवाइने गरिएको परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाको तथ्यांकमा उल्लेख छ ।

केही आमाहरुमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, स्तनको आकार बिग्रने लगायतका गलत धारणा रहेको पाइन्छ तर यो सत्य भने होइन । विभिन्न अध्ययनहरुले यस्ता धारणाहरुलाई गलत पुष्टि समेत गरिसकेको छ । स्तनपान गराउँदा सौन्दर्यमा ह्रास होइन स्तनपानले महिलामा स्तन क्यासर लगायतका स्वास्थ्य समस्यालाई कम गर्दछ । साथै नियमित र निश्चित अवधिसम्म गराइएको स्तनपानले शिशुको उपचार र खाना खर्चमा ५० प्रतिशतले बचत हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । यति मात्र नभई स्तनपानले आमा र शिशुबीच आत्मियता र माया गहिरो हुने समेत अध्ययनले देखाउँछ ।

शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने सार्क मुलुकहरुमा नेपाल चौथो नम्बरमा छ । नेपालमा ५५ प्रतिशत सुत्केरी आमाहरुले एक घण्टाभित्र आफ्ना शिशुहरुलाई स्तनपान गराउँछन् । यो सूचीको पहिलो नम्बरमा श्रीलंका रहेको छ । जहाँ ९० प्रतिशत सुत्केरीले जन्मेको एक घण्टाभित्रै शिशुलाई स्तनपान गराउँछन् । त्यसपछि भुटान ७८ प्रतिशत, तेस्रो माल्दिभ्समा ६१ प्रतिशत रहेको छ ।

नवजात शिशुको लागि अर्को महत्वपूर्ण मानिने ‘एक्सक्लुसिभ ब्रेस्ट फिडिङ’ अर्थात ६ महिनासम्म आमाको दुध बाहेक केही नखुवाउने सार्कका देशहरुमा नेपाल दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको श्रीलंकामा छ महिनासम्म दुध मात्रै खुवाउने आमाहरु ८२ प्रतिशत छन् ।

क्याप्चर दि मोमेन्ट नामको प्रतिवेदनले ७६ वटा देशहरुको स्तनपानको तथ्यांक विश्लेषण गरेको छ । जसमा जन्मेको एक घण्टाभित्रै स्तनपान गराउने कुरा महत्वपूर्ण मानिए पनि धेरै नवजात शिशुहरुले जन्मेको एक घण्टामा स्तनपान गर्न पाएको देखिदैन ।

स्तनपान र पोषणको अन्तर सम्बन्ध

आमाको दुधमा नवजात शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्वहरु पाईन्छ । जस्तै भिटामिन “डी” आइरन मिनलस लगायत पौष्टिक तत्वहरु आमाको दूधमा पाइन्छन् । जसको सेवनले बच्चाको शारीरक तथा मानसिक विकासमा मद्दत गर्दछ । यसैगरी अन्य शिशुहरुको तुलनामा जन्मेको दुईदेखि २३ घण्टाभित्र स्तनपान गराएका शिशुहरुको ज्यान जाने जोखिम ३३ प्रतिशतले बढी हुने गरेको छ । एक दिन वा सो भन्दा पछि स्तनपान गराउन शुरु गराइएका नवजात शिशुमा यो जोखिम दुई गुणा बढी हुने गर्दछ ।

नेपालको सन्दर्भमा, तीनदेखि चार वर्षका झन्डै ४० प्रतिशत बच्चाको वृद्धि विकास जति मात्रामा हुनपर्ने हो त्यति नभएको पाइएको छ । स्तनपानमा कमी तथा अस्वस्थकर खाद्यपदार्थको सेवनका कारण ५ वर्ष मुनिका ३६ प्रतिशत बालबालिमा होचोपना, १० प्रतिशतमा ख्याउटेपना तथा २७ प्रतिशतमा कम तौलको समस्या रहेको परिवार कल्याण अन्तर्गतको पोषण शाखाको तथ्यांकमा उल्लेख छ । सबै प्रकारका कुपोषण न्यूनीकरणमा स्तनपानको महत्वपूर्ण भुमिका भएपनि स्तनपान कमीका कारण ५३ प्रतिशत बाल मृत्युदरको कारक तत्व कुपोषण रहेको छ ।

सी-सेक्सन (शल्यक्रिया) बाट बच्चा जन्माउनेको संख्या

नेपालमा सन् २०११ देखि २०१६ सम्म पाँच वर्षको अवधिमा शल्यक्रियाबाट बच्चा जन्माउने दर झण्डै दुई गुणा बढेको छ । यो दर ५ वर्षमा ४.६ प्रतिशतबाट ९ प्रतिशतमा पुगेको छ । शल्यक्रियाबाट जन्मिएका शिशुहरुमध्ये एक तिहाईभन्दा कम शिशुहरुलाई मात्र जन्मेको एक घण्टाभित्र स्तनपान गराइएको थियो । सामान्य प्रसूतिबाट जन्मिएका शिशुमा यो संख्या करीव दुई तिहाइ छ ।

प्रतिवेदन अनुसार दक्ष प्रसुतिकर्मीहरुको उपस्थितिमा मात्र बच्चा जन्माउनाले जन्मेको एक घण्टाभित्र स्तनपान गराउने दरमा खासै प्रभाव पारेको देखिदैन । सन् २००६ देखि सन् २०१६ सम्म दश वर्षको अवधिमा नेपालमा स्वास्थ्य संस्थामा सुत्केरी गराउने क्रम ३९ प्रतिशत अंकले (१८ बाट ५५ प्रतिशत) बढेको छ भने एक घण्टाभित्रै स्तनपान गराउने दर भने २० प्रतिशत अंकले (३५ बाट ५५ प्रतिशत) मात्र बढेको छ । धेरै अवस्थामा, शिशुहरुलाई जन्मना साथ आमाहरुबाट टाढा राखिन्छ र स्वास्थ्यकर्मीको सल्लाह निकै सिमित मात्र रहेको पाइन्छ ।

दूध नआउने समस्या

विशेषगरी पहिलो पटक शिशु जन्माउने आमालाई राम्रोसँग ज्ञान दिन नसक्दा धेरै आमाहरुमा आफ्नो दूध नआउने समस्या देखिने गर्दछ । समाजमा विद्यमान स्तनपान सम्बन्धी भ्रम तथा गलत धारणाका कारण धेरै आमाहरुमा आफ्नो दूध नआएको तथा आफ्नो दूधले बच्चालाई नपुगेको लाग्ने गर्दछ । समान्य प्रसुतिको तुलनमा सी-सेक्सन (शल्यक्रिया)बाट बच्चा जन्माउने आमाबाट दूध नआउने भन्ने धारणा धेरैमा छ ।

तर आमाको दूध नआउनुमा शारीरिक भन्दा मानसिक कारण हावी हुने गरेको पाईन्छ । कुनै आमाले दूध आउँदैन भनेर सोचिन् भने त्यो सोचको प्रभाव र तनावले शरीरमा आवश्यक हर्मोन उत्पादन हुन दिँदैन । जसका कारण दूध कम गराउँछ वा नआउने समस्या पैदा हुन्छ । त्यसैले दूध आउँदैन भन्ने सोच हटाएर सकारात्मक सोच राखि स्नपान गराउने हो भने धेरै हदसम्म यो समस्या समाधान हुने गर्दछ । यसको लागि आमाले पोशिलो खानेकुराका साथै सकारात्मक सोच राख्न जरुरी छ । यसका साथै स्वास्थ्य संस्थामा गएर स्तनपानबारे जानकारी लिने हो भने दूध नआउने समस्या समाधान समेत हुनसक्छ ।

स्तनपान सम्बन्धि गलत धारणा

केही आमाहरुमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, स्तनको आकार बिग्रने लगायतका गलत धारणा रहेको पाइन्छ तर यो सत्य भने होइन । विभिन्न अध्ययनहरुले यस्ता धारणाहरुलाई गलत पुष्टि समेत गरिसकेको छ । स्तनपान गराउँदा सौन्दर्यमा ह्रास होइन स्तनपानले महिलामा स्तन क्यासर लगायतका स्वास्थ्य समस्यालाई कम गर्दछ । साथै नियमित र निश्चित अवधिसम्म गराइएको स्तनपानले शिशुको उपचार र खाना खर्चमा ५० प्रतिशतले बचत हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । यति मात्र नभई स्तनपानले आमा र शिशुबीच आत्मियता र माया गहिरो हुने समेत अध्ययनले देखाउँछ ।

स्तनपानका फाइदाहरु

  • सबैभन्दा पुरानो र पहिलो खोप,
  • वार्षिक दशौँ लाख बालबालिकाको मृत्युबाट रोक्छ,
  • तुलनात्मक रूपमा सस्तो, सुलभ तथा सुरक्षित,\
  • दूधमा रोग निरोधक तत्व हुन्छ जसले नवजात शिशुको रोगसँग लड्न सक्ने क्षमता विकसित गर्न मद्दत गर्दछ,
  • नवजात शिशुलाई चाहिने सम्पूर्ण आहार,
  • सबैभन्दा सुरक्षित पानीको स्रोत हो,
  • स्तनपानले शिशुलाई कष्ट र तनावसँग मुक्त गराई आराम प्रदान गर्दछ,
  • आमाको दूध सूपाच्य हुन्छ र यसले शिशुको पेट गडबड हुने डर हुँदैन,
  • स्तनपानले दम र कानको रोग शरीरमा लाग्नबाट जोगाउँछ ।
X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...