यसरी पक्राउ परे अर्जुन दासका हत्यारा

वि.सं.२०७९ वैशाख २ शुक्रवार १३:२१

कैलाली: गत पुस ३ गते कैलालीको स्थानिय अमरावती सामुदायिक वनमा एकजनाको टाउको छुट्याएको अवस्थामा शव फेला पर्यो ।
दास गाउँमै मजदुरी गर्ने अर्जुनको हत्यापछि उनको कपडा निकालेर सो कपडाले रुखमा बाँधेको अवस्थामा उनको शव भेटिएको थियो ।
कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
अर्जुनको हत्या आरोपमा मनोज भण्डारीसहित ४ जनालाई रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको प्रहरलिे जनाएको छ ।
पक्राउ पर्नेमा जानकी–९ घर भएका १९ वर्षका मनोज भण्डारी, सोही ठाउँका १९ वर्षीय सुमित साउद, बम बहादुर बोहोरा उर्फ बमे र रोन परियार उर्फ दिलिप दास छन् ।
महाशाखाको टोलीले वैशाख १ मा उनीहरुलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर–१ बेलहिया सीमा नाकाबाट पक्राउ गरेर काठमाडौंमा सार्वजनिक गरेको छ ।
भारतमा लुकेर बस्दै आएका उनलाई नेपाल आएको बेला प्रहरीले पक्राउ गरेको हो ।

वि.सं.२०७९ वैशाख २ शुक्रवार १३:२१