YouTube Link

राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण एक बर्ष अघि नै पुरा

Facebook Link

सुर्खेत: राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम तोकिएको भन्दा एक बर्ष अघि नै पुरा भएको छ । महत्वाकांक्षी योजनाका रुपमा अघि सारिएको आयोजनामा ऐतिहासिक उपलब्धी भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको ब्रेकथ्रु गर्नुभएको छ ।

नेपालमै पहिलोपटक टीबीएम प्रविधिबाट निर्माण गरिएको सुरुङमार्गले भेरी बबईलाई नमुना आयोजनाको रूपमा स्थापित गरेको छ । सुरुङ निर्माणको काम आगामी चैत्रमा पुरा हुने भनिएपनि तोकिएको भन्दा एक बर्ष अघि नै काम पुरा भएको यो नै नेपालको पहिलो ठुलो आयोजना हो ।

सुरुङ ब्रेक थ्रुका लागि पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ठूला आयोजना मार्फत् उत्पादकत्व बढाउने र मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने गरि सरकारले काम गरिरहेको बताउनुभयो । नेपालको बजेट, आवश्यकता, अमेरिकी प्रविधि र चिनियाँ कम्पनीको लगनशिलताका कारण तोकिएको समयभन्दा अघि नै सुरुङ निर्माण सम्पन्न भएको प्रधानमन्त्री ‌ओलीको भनाइ छ ।

उर्जामन्त्री बर्षमान पुनले तोकिएको समय अघि नै पुरा हुनु ऐतिहासिक उपलब्धी भएको बताउदै यस्तो प्रविधि अन्य आयोजनामा समेत प्रयोग गर्नेगरी सरकारले तयारी थाल्ने बताए । आयोजनावाट उत्पादित ४८ मेगााट विद्युतलाई जनताको जलविद्युत आयोजना अन्तर्गत समावेश गर्ने उर्जा मन्त्रालयले तयारी थालेको मन्त्री पुनको भनाइ छ ।

बाँके र बर्दियाका जनताको लागि मात्र नभइ आयोजनाबाट कर्णाली प्रदेशले पनि लाभ पाउनुपर्ने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको दाबी छ । चिनियाँ निर्माण कम्पनी कोभेकले १२ हजार २ सय मिटर लामो सुरुङमार्ग निर्धारित समयभन्दा एक वर्षअघि नै सम्पन्न गरेको हो । भेरीको पानी बबईमा मिसाएर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिन सिँचाइ गर्ने र ४६ दशमलव ८ मेगावाट विद्युत् निकाल्ने आयोजनाको लक्ष्य रहेको छ ।

सुरुङ खन्ने चुनौतीपूर्ण काम सकिएपनि आयोजनामा त्यसको फिनिसिङदेखि अन्य पूर्वाधारको काम भने बाँकी छ । सुरुङ निर्माण सकिएको घोषणा भएपछि सुरुङभित्र सरसफाइ गर्नुका साथै विद्युतगृह,पावरहाउस र ड्याम निर्माणको काम शुरु गर्ने आयोजनाको तयारी छ । आयोजनाले भेरीको पानी बबई नदीमा खसाल्न चिप्लेमा ६ गेजसहित १ सय १४ मिटर लामो ब्यारेज निर्माण थाल्ने जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...