YouTube Link

राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण एक बर्ष अघि नै पुरा

Nepali Sena Suvakamana Dashain
Facebook Link

सुर्खेत: राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम तोकिएको भन्दा एक बर्ष अघि नै पुरा भएको छ । महत्वाकांक्षी योजनाका रुपमा अघि सारिएको आयोजनामा ऐतिहासिक उपलब्धी भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको ब्रेकथ्रु गर्नुभएको छ ।

नेपालमै पहिलोपटक टीबीएम प्रविधिबाट निर्माण गरिएको सुरुङमार्गले भेरी बबईलाई नमुना आयोजनाको रूपमा स्थापित गरेको छ । सुरुङ निर्माणको काम आगामी चैत्रमा पुरा हुने भनिएपनि तोकिएको भन्दा एक बर्ष अघि नै काम पुरा भएको यो नै नेपालको पहिलो ठुलो आयोजना हो ।

सुरुङ ब्रेक थ्रुका लागि पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ठूला आयोजना मार्फत् उत्पादकत्व बढाउने र मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने गरि सरकारले काम गरिरहेको बताउनुभयो । नेपालको बजेट, आवश्यकता, अमेरिकी प्रविधि र चिनियाँ कम्पनीको लगनशिलताका कारण तोकिएको समयभन्दा अघि नै सुरुङ निर्माण सम्पन्न भएको प्रधानमन्त्री ‌ओलीको भनाइ छ ।

उर्जामन्त्री बर्षमान पुनले तोकिएको समय अघि नै पुरा हुनु ऐतिहासिक उपलब्धी भएको बताउदै यस्तो प्रविधि अन्य आयोजनामा समेत प्रयोग गर्नेगरी सरकारले तयारी थाल्ने बताए । आयोजनावाट उत्पादित ४८ मेगााट विद्युतलाई जनताको जलविद्युत आयोजना अन्तर्गत समावेश गर्ने उर्जा मन्त्रालयले तयारी थालेको मन्त्री पुनको भनाइ छ ।

बाँके र बर्दियाका जनताको लागि मात्र नभइ आयोजनाबाट कर्णाली प्रदेशले पनि लाभ पाउनुपर्ने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको दाबी छ । चिनियाँ निर्माण कम्पनी कोभेकले १२ हजार २ सय मिटर लामो सुरुङमार्ग निर्धारित समयभन्दा एक वर्षअघि नै सम्पन्न गरेको हो । भेरीको पानी बबईमा मिसाएर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिन सिँचाइ गर्ने र ४६ दशमलव ८ मेगावाट विद्युत् निकाल्ने आयोजनाको लक्ष्य रहेको छ ।

सुरुङ खन्ने चुनौतीपूर्ण काम सकिएपनि आयोजनामा त्यसको फिनिसिङदेखि अन्य पूर्वाधारको काम भने बाँकी छ । सुरुङ निर्माण सकिएको घोषणा भएपछि सुरुङभित्र सरसफाइ गर्नुका साथै विद्युतगृह,पावरहाउस र ड्याम निर्माणको काम शुरु गर्ने आयोजनाको तयारी छ । आयोजनाले भेरीको पानी बबई नदीमा खसाल्न चिप्लेमा ६ गेजसहित १ सय १४ मिटर लामो ब्यारेज निर्माण थाल्ने जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...