YouTube Link

काठमाडौ महानगरपालिकाद्वारा २ हजार २ सय मिटर दुरीको सम्पदा मार्ग निर्माणको गुरुयोजना तयार

Facebook Link

काठमाडौं: काठमाडौ महानगरपालिकाले स्वयम्भूलाई हनुमान ढोका दरवार क्षेत्रका सम्पदासँग जोड्न २ हजार २ सय मिटर दुरीको सम्पदा मार्ग निर्माणको गुरुयोजना तयार पारेको छ ।

महानगरपालिकाले बिहीबार विश्व सम्पदा दिवसको अबसरमा गुरु योजना सार्वजनिक गर्ने जनाएको छ । विश्व सम्पदामा सूचिकृत हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग गूरुयोजनासँगै काठमाडौको सम्पदा पदमार्ग स्वयम्भूसम्म जोडिने भएको हो ।

हनुमानढोका हुँदै काष्ठमण्डप, मरुगणेस्थान, मरुहिटी हुँदै सन्तानेश्वर महादेव, मरुबहि, मिच्या गल्लीहुँदै सम्पदामार्ग घोषणा गरेको छ । त्यस्तै बन्जा हिटी, दमाइ टोल हुँदै सुन्ता गल्ली पाछै गल्ली हुँदै नरदेवी निस्कने मार्गपनि यसमा समेटिएको छ । नरदेवीबाट आयुर्वेद अस्पताल हुँदै लोकेश्वर गल्ली, बुराखेल, म्येछ्योंहिटी र तप्यँताको मार्ग तय गरिएको छ ।

रञ्जीतमल्ल सत:घाट, भेलु महादेव, डल्लु चौतारा, भिमसेन मन्दिर, धिमे ल्वोहँ, चाराहिटी र भुँइखेल हुँदै स्वयम्भू सम्मको सम्पदा मार्ग कायम गरिएको छ । दुइ हजार २ सय मीटरको दुरीमा २० वटा लिच्छवि र मल्लकालिन सम्पदा अवलोकन गर्न सकिने महानगरपालिकाले जनाएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...