YouTube Link

रुकुमको चौरजहारी घटनामा सामूहिक हत्या भएको प्रहरी निष्कर्ष, ३४ जना अभियुक्त विरुद्ध अभियोग दर्ता

World Cup 2026
Facebook Link

काठमाडौं: रूकुमको चौरजहारीमा जेठ १० गते ६ जनाको हत्या भएको घटनामा जिल्ला सरकारीको वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीका अनुसार चौरजहारी ८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको क्रूरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइते बनाएको र जातीय छुवाछुत गरेको भन्दै तीन वटा कसूरमा मुद्दा दर्ता गरिएको हो ।

यसअघि प्रहरीले रुकुमको चौजहारी घटनामा नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको निष्कर्ष सहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो जिल्ला प्रहरी कार्यालय, रुकुमले अनुसन्धानबाट भाग्दै गरेको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको भेटिएको किटानी गरेको छ । घटनाका प्रतिवादी ३४ मध्ये २९ जना पक्राउ परिसकेका छन् भने ५ जनालाई फरार प्रतिवादी बनाइएको छ ।

उनीहरुमाथि ६ जनाको हत्या गरेको आरोपमा कर्तव्य ज्यान, १३ जनालाई घाइते बनाएकोमा ज्यान मार्ने उद्योग र जातीय छुवाछुत ऐनअनुसार पनि कारबाही गर्न माग गरिएको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले वडाध्यक्ष, युवतीसहित उनका बुबा, आमा, दाईलगायतलाई प्रतिवादी बनाएको छ । नदीमा हाम फालेको व्यक्तिलाई पनि ढुंगा हानेको प्रहरीको भनाइ छ ।

मृतक नवराज र उनकी प्रेमिका भनिएकी मल्ल थरकी युवतीबीच पहिले राम्रो सम्बन्ध भएपनि पछिल्लो समय बिग्रिएको पनि प्रहरीको अनुसन्धानमा छ । स्थानीयसँग विवाद भएपछि युवतीको गाउँमा पुगेको समूह भागे पनि उनीहरुलाई छेक्न तल मान्छे राखिएको पाइएको पनि जनाइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...