YouTube Link

नापोली कोपा ईटालियाको फाईनलमा, बुधबार युभेन्टससँग भिड्ने

World Cup 2026
Facebook Link

एजेन्सीः नापोली कोपा ईटालियाको फाईनलमा प्रवेश गरेको छ । नापोलीको घरेलु मैदान सान पाओलोमा भएको दोश्रो सेमिफाईनलको दोश्रो लेगमा ईन्टर मिलानसँग १–१ गोलको बराबरी गर्दै समग्रमा २–१ को नतिजा सहित फाईनलमा स्थान पक्का गरेको हो । यसअघि भएको पहिलो लेगमा नापोलीले ईन्टरलाई १–० ले हराएको थियो ।

ईन्टर मिलानले खेलको शुरुवाती दोश्रो मिनटमा गोल गर्दै अग्रता बनाएको थियो । ईनटरका लागि एरिक्सेनले गरेको गोलको अग्रता बचाउन नसक्दा ईन्टरले फाइनलको यात्रा गुमाएको हो । खेलको ४१औं मिनटमा मार्टिनस्ले गोल गर्दै नापोलीका लागि फाईनल पुर्याउने निर्णायक गोल गरे ।

यो गोल मार्टिनस्का लागि महत्वपूर्ण समेत रह्यो किनभने यो गोल नापोलीका लागि कुनै खेलाडीले गरेको सबैभन्दा बढी संख्याको गोल थियो । मार्टिन्स्ले नापोलीका लागि १२२औं गोल गरेका हुन् । यसअघि नापोलीका लागि स्लोभाकियाका मेक हाम्सिकले १२१ गोल गरेका थिए ।

अब नापोलीलले फाईनलमा जुन १७ अर्थात बुधबार रोमको स्टाडियो ओलिम्पिकोमा युभेन्टस्को सामना गर्नेछ । युभेन्टस् एसी मिलानलाई हराउँदै फाईनल प्रवेश गरेको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...