YouTube Link

नापोली कोपा ईटालियाको फाईनलमा, बुधबार युभेन्टससँग भिड्ने

Facebook Link

एजेन्सीः नापोली कोपा ईटालियाको फाईनलमा प्रवेश गरेको छ । नापोलीको घरेलु मैदान सान पाओलोमा भएको दोश्रो सेमिफाईनलको दोश्रो लेगमा ईन्टर मिलानसँग १–१ गोलको बराबरी गर्दै समग्रमा २–१ को नतिजा सहित फाईनलमा स्थान पक्का गरेको हो । यसअघि भएको पहिलो लेगमा नापोलीले ईन्टरलाई १–० ले हराएको थियो ।

ईन्टर मिलानले खेलको शुरुवाती दोश्रो मिनटमा गोल गर्दै अग्रता बनाएको थियो । ईनटरका लागि एरिक्सेनले गरेको गोलको अग्रता बचाउन नसक्दा ईन्टरले फाइनलको यात्रा गुमाएको हो । खेलको ४१औं मिनटमा मार्टिनस्ले गोल गर्दै नापोलीका लागि फाईनल पुर्याउने निर्णायक गोल गरे ।

यो गोल मार्टिनस्का लागि महत्वपूर्ण समेत रह्यो किनभने यो गोल नापोलीका लागि कुनै खेलाडीले गरेको सबैभन्दा बढी संख्याको गोल थियो । मार्टिन्स्ले नापोलीका लागि १२२औं गोल गरेका हुन् । यसअघि नापोलीका लागि स्लोभाकियाका मेक हाम्सिकले १२१ गोल गरेका थिए ।

अब नापोलीलले फाईनलमा जुन १७ अर्थात बुधबार रोमको स्टाडियो ओलिम्पिकोमा युभेन्टस्को सामना गर्नेछ । युभेन्टस् एसी मिलानलाई हराउँदै फाईनल प्रवेश गरेको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...